नेपालको ट्रान्क्वीलिटी स्पालाई मलेसियामा अन्तर्राष्ट्रिय अवार्ड
प्रकाशित २०७६ फागुन १३ मंगलबार
539
Shares
काठमाडौँ । शारीरिक तन्दुरुस्तीका साथै स्वास्थ्य उपचार सहितको सेवा दिँदै आएको नेपालको ट्रान्क्विलिटी स्पाले मलेसिया सरकारबाट अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ ।
उत्कृष्ट कार्य गरेको भन्दै स्पाले अवार्ड पाएको हो । सन् २०१८ मा स्थापना भई नेपालका र्याडिसन, सोल्टी, शंकर, साङ्ग्रिला लगायतका विभिन्न होटलमा सेवा दिँदै आएको यस स्पाले मलेसियाको म्यारियोट पुत्रजया होटलमा पनि सेवा दिइरहेकोमा उत्कृष्ट व्यवस्थापन र सेवाका लागि मलेसियाको पर्यटन बोर्डले सो अवार्ड प्रदान गरेको हो ।
एसियाली देशका होटललगायतका सेवा क्षेत्रहरुका उत्कृष्ट संस्थालाई मलेसिया सरकारले प्रदान गर्दै आएको यो अवार्ड सन् २०२० का लागि नेपालको उक्त स्पालाई प्रदान गरेको हो ।
एसोसिएसन अफ मलेसियन स्पाको सिफारिशमा मलेसियाको पर्यटन बोर्डले सो अवार्ड प्रदान गरेको हो । उक्त अवार्ड ट्रान्क्वीलिटी स्पाका मलेसियन निर्देशक खेम धामीलाई सोमबार प्रदान गरिएको उक्त स्पाले जनाएको छ ।
उक्त अवार्ड प्राप्त गरेपछि निर्देशक धामीले नेपालले सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाइरहेका बेला पर्यटन क्षेत्रको सेवाका रुपमा रहेको नेपालको स्पाले प्राप्त गरेको यो अन्तर्राष्ट्रिय अवार्डले नेपालको समग्र पर्यटन क्षेत्रलाई नै उत्साही बनाएको बताए ।