काठमाडौं । भारतको नयाँदिल्लीमा भएको हिंसात्मक घटनामा कम्तीमा ५ जनाको मृत्यु भएको छ । घटनामा १०५ जना घाइते भइसकेका छन् ।
गत आइतबारदेखि जारी नागरिकता संशोधन कानुन सीएएको मुद्दामा हिंसा भड्किएको हो । उत्तर–पूर्वी दिल्लीमा लगातार तेस्रो दिन पनि हिंसा भड्किँदा ठूलो क्षति भएको हो ।
हिंश्रक आन्दोलनकारीले मौजपुर र ब्रम्हापुरी क्षेत्रमा ढुंगामुढा गरेका छन् । एउटा अग्नि नियन्त्रणमाथि आगो समेत लगाएका छन् ।
बिहान ३ः१५ मा आगो लागेको भन्दै ४५ वटा फोन समेत आएका थियो ।
पाँच मृतकमध्ये एक पुलिस अधिकारी पनि परेका छन् । हेड कन्स्टेबल रतनलालको मृत्यु भएको हो ।
घाइते हुनेमा १० पुलिस पनि हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत पुग्नु केही घण्टाअघि सोमबार राजधानी नयाँ दिल्लीमा हिंसात्मक झडप भएको थियो ।
भारतीय केन्द्र सरकार तथा भारतीय जनता पार्टीले विश्वसामु नरेन्द्र मोदीको छवि बिगार्नका लागि उक्त घटना गराइएको दावी पनि गरिएको छ ।
यो घटना ट्रम्प सोमबार बसेको होटल चाणक्यपुरीबाट २० किलोमिटर टाढा भएको हो ।
मंगलबार ५ मेट्रो स्टेशन जाफराबाद, मौजपुर–बाबरपुर, गोकुलपुरी, जौहरी एन्क्वेल र शिव विहार बन्द गरिएको छ ।
आन्दोलनकारीले मौजपुरका घरमा समेत पनि आगो लगाएका छन् ।