arrow

'कृषि प्रधान मुलुकलाई औद्योगिकिकरण गर्न नसक्नु दुर्भाग्य'

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ फागुन १३ मंगलबार
raut2.JPG

 जनकपुर । प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले कृषिलाई औद्योगिकीकरण गर्न नसक्नु मुलुकको लागि दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।

जनकपुरमा खाद्य प्रवृद्धि तथा गुण नियन्त्रण कार्यालयले आयोजना गरेको खाद्य मेलाको समापन समारोहमा मुख्यमन्त्री राउतले मुलुक कृषि प्रदान रहे पनि कृषि औद्योगिक करण गर्न नसक्नु दुभाग्य पूर्ण रहेका बताए ।

खाद्य मेलाले कृषि उत्पादनलाई कसरी औद्योगिकी करण गर्न सकिन्छ भन्ने बारे ज्ञान प्रदान गरेको  बोल्दै मुख्यमन्त्री राउतले भने  प्रदेश २ का किसानहरुलाई पनि यसै दिशामा अग्रसर हुनुपर्ने बताए।

मुलुकको कृषि धारासायी हुँदै जानुमा सरकार समेत दोषी रहेको स्वीकार गर्दै  मुख्यमन्त्री राउतले कृषिको अरबौ अनुदानको रकम माफियाहरुको खातामा जाने गरेकोले त्यसलाई निरुत्साहित गर्न प्रदेश सरकार किसानको खातामा अनुदान रकम पठाउने योजना ल्याउन लागेका बताए ।

मुख्यमन्त्री राउतले आधुनिकिकरणको नाउमा खान पानमा सबै भन्दा बढी हेल चक्रयाई हुँदै आएकोले स्थानीय उत्पादनलाई खान पानमा बढी भन्दा बढी प्रयोग गर्न आग्रह समेत गरे।

खाद्य प्रवृधि तथा गुण नियन्त्रण विभागका उपमहानिर्देशक उपेन्द्र रायको अध्यक्षतामा भएको समापन समारोहमा मेलामा सहभागी स्टलहरु मध्ये उत्कृष्ट भएकाहरुलाई पुररस्कार समेत प्रदान गरिएका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ