arrow

यतिको केक खान लाज लागेन प्रधानमन्त्री ज्यू : मिनेन्द्र रिजाल

logo
प्रकाशित २०७६ फागुन १३ मंगलबार
milendra.JPG

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले यतिको केक खान लाज लागेको हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै कांग्रेस सांसद रिजालले यती होल्डिङको पैसा र हेलिकप्टरले पुर्‍याएको केक प्रति इन्गित गर्दै केक खाने ओलीलाई लाज हुनुपर्ने बताए ।  

 प्रधानमन्त्री ओलीलाई जन्मदिनको शुभकामना दिदै उनले भने जन्मदिनमा तपाईंमा सत्ताको उन्माद देखिएको छ । ‘यो तपाईंको गाउँको त्यो घरलाई लागेको होला- खड्गप्रसाद होइन नयाँ महाराजा आएछ । यती होल्डिङको पैसा र हेलिकप्टरले पुर्‍याएको त्यो केक देख्दा त्यो घरले अपमानित महसुस गर्‍यो होला ।’

रिजालले तत्कालीन सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेसमा ७० करोड कमिसनका लागि गरेको मोलमोलाइ, नेपाल ट्रष्टको जग्गा यति कम्पनीलाई दिने र बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई प्रभावित पार्ने काम लाजमर्दा भएको सुनाए ।

रिजालले भने, ‘प्रधानमन्त्रीज्यूले भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ भन्नुहुन्थ्यो। तर, यती होल्डिङलाई कति-कति दिने हो? बालुवाटार प्रकरणमा अख्तियार प्रयोग गरिएको छ। सरकारले आफ्नै गुटको भए जोगाउने अर्काको गुटको हो भने ठेगान लगाउने ?’

वाइडबडीको भ्रष्टाचारमा रिजालले सोधे,‘वाइडबडीका विषयमा एक महिनाभित्र छानविन गर्न समितिले निर्देशन दिएको थियो। तर, भएन। प्रधानमन्त्रीसँग सोध्न चाहन्छु- किन भएन?

बाँस्कोटाको भ्रष्टाचार ब्रोडब्यान्ड, टेलिकमलगायतमा छ। कमिसन धेरै आउने नाममा मन्त्रीले ठेक्का रकम बढाएको सुनिन्छ। सञ्चार मन्त्रालयमै खर्बौंका ठेक्का थिए। अप्टिकल फाइबर, थ्रीजी, फोरजी, स्याटेलाइट सबैमा भ्रष्टाचार छ ।त्यही भएर अरू सबै तुलोको एकातिर गोकुल बाँस्कोटा एक्लै अर्कातिर भनेको होला।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ