arrow

ला-लीगा फुटबल: उपाधि होड रोमाञ्चक बन्दै, बार्सिलोना र एथ्लेटिकोको बराबर अंक

रियाल १ अंकको दुरीमा तेस्रो स्थानमा

logo
प्रकाशित २०७३ वैशाख ९ बिहिबार
Real_Barca.jpg.jpeg
काठमाडौं। ला-लीगा फुटबल रोमाञ्चक मोडमा पुगेको छ। एक समय बार्सिलोनाले सजिलै टाईटल जित्ने जस्तो देखिएको ला-लीगा अब प्रतिस्पर्धात्मक देखिएको छ। 
 
पहिलो ३ स्थानमा रहेका बार्सिलोना, एथ्लेटिको मड्रिड र रियाल मड्रिडको क्रमश: ७९, ७९ र ७८ अंक रहेको छ। तीनै टोलीले ३४ खेल खेलेका छन् र ४ खेल बाँकी रहेको छ। 
 
बार्सिलोनाले डेपोटिभो ला कोरुनालाई ८-० गोलले पराजित गरेको छ। लुईस स्वारेजले एक्लै ४ गोल गरेको खेलमा मेस्सी, बार्तरा, राकिटी र नेयमारले १-१ गोल गरेका थिए। पहिलो हाफमा २-०को अग्रता लिएको बार्साले दोस्रो हाफमा ६ गोल थपेको थियो। 
 
उता रियाल मड्रिडले भिल्लारियाललाई ३-० गोलले पराजित गरेको छ। करिम बेन्जेमा, लुकास वाजक्वेज रलुका मोडरिचले १-१ गोल गर्दै उक्त नतिजा निकालेका थिए। पहिलो हाफमा १-० को अग्रता लिएको रियालले दोस्रो हाफमा २ गोल थपेको थियो। 
 
त्यसैगरि बार्सिलोनासँग अंक तालिकामा बराबर अंक ल्याउने क्रममा एथ्लेटिको मड्रिडले एथ्लेटिको बिलबाओलाई १-० गोलले पराजित गरेको थियो। खेलको ३८औं मिनेटमा फरनान्डो टोरेसले गोल गरेका थिए। 
 
४ खेल बाँकी रहको लालीगामा अझ पनि बार्सिलोनाको राम्रो संभावना रहेको छ तर पछिल्लो केही समयमा फर्मबाट बाहिर देखीएको बार्साले हिजोको फराकिलो जीतले आफ्नो फर्म फिर्ता लिएको हो भने अझ पनि टाईटलको संभावना जिवितै छ।
 
कुल अंक (७९) बराबरी गरेर दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडले आफ्नो फर्म कायमै राखेको स्थिती रहेको छ। अब कुनै पनि टोलीले सानो भन्दा सानो गल्ती गरेर हंक गुमाउने स्थितीमा रहेको छैन्। एउटा गल्तीले कुनै पनि टोलीलाई उपाधी प्रतिस्पर्धाबाट टाढा पुर‍्‍याउने छ। 
 
१ अंकको दुरीमा तेस्रो स्थानमा रहेको रियाल आफुले कुनै गल्ती गर्ने स्थितीमा त रहेको छैन् तर पहिलो दुई टोलीले बाँकी ४ खेलमा अंक गुमाएमा यसको फाईदा उठाउँदै उपाधी हात पार्ने दाउमा भने रियाल तयार भएर बसेको छ। 
 
कुनै समय उपाधि होडबाट बाहिरिएको रियाल अगाडीका २ टोलीले अंक गुमाउँदै गएपछि एक्कासि उपाधी होडमा देखा परेको हो।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ