arrow

'राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बनाउन किन नसकिने ?'

logo
प्रकाशित २०७६ फागुन १३ मंगलबार
ramnarayan-bidari.JPG

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा राष्ट्रियसभाका सदस्य रामनारायण बिडारीले दुई तिहाई बहुमतले संविधान संशोधनमार्फत मुलुकमा कम्युनिष्ट व्यवस्था वा राजतन्त्रपनि ल्याउन सकिने सुनाउँदै राष्ट्रियसभाका सदस्यलाई प्रधानमन्त्री बनाउन किन नसकिने ? भन्दै प्रश्न राखे ।

विडारीले विश्वका कयौं देशमा माथिल्लो सदन र तल्लो सदन दुवै सदनका सदस्यपनि प्रधानमन्त्री हुने व्यवस्था रहेको सुनाए । उनले भने,‘अहिले भएको बहस हेर्दा मलाई अचम्म लाग्छ, ज्यान जाला हुँदै हुँदैन भन्नुपनि गलत हो, र यो गर्नैपर्छ भन्नुपनि बेठीक हो ।’ उनले अहिले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने व्यवस्थाको लागि संविधान संशोधन गर्नेबारे वादविवाद तथा छलफलको विषय भएको सुनाए ।

उनले आवश्यकत्ताको औचित्यको आधारमा संविधान संशोधन गर्न सकिने तर्क गरे । उनले भने,‘संविधान संशोधन नै हुँदैन भन्नुपनि गलत हो । यो त परिवर्तनीय दस्तावेज हो । राष्ट्रिय स्वाधिनता र स्वाभिमानलगायतका केही संवेदनशील विषयमा संविधान संशोधन हुँदैन् । नत्र दुई तिहाई बहुमतले संविधान संशोधन गरेर कम्युनिष्ट व्यवस्थामा पनि जान सकिन्छ । राजतन्त्रपनि ल्याउन सकिन्छ । हाम्रो संविधानले यति फराकिलो व्यवस्था गरेको छ ।’

उनले वामदेव गौतमलाई प्रधानमन्त्री बनाउनकै लागि संविधान संशोधन गर्नको लागि नेकपाले कार्यदल गठन गरेको भनेर पत्रपत्रिकाले लेखेकै भरमा हल्ला गर्नु पनि गलत भएको टिप्पणी गरे । उनले भने,‘संविधान संशोधन गर्न आवश्यक छ कि छैन ? भन्ने कुरा निर्वाचन व्यवस्था कति महँगो भयो ? भन्ने कुराले पनि देखाउँछ । जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय पद्धतीमा जानुपर्ने र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने कुरापनि अहिले विद्धानहरुले गर्न थालेका छन् ।’ उनले आफूले त तीन वर्षअघि नै संसदमा यही निर्वाचन प्रणालीले त संसदमा ठेकेदार, दलाली र तस्करहरुमात्रै भरिने भए भनेर बोलेको पनि स्मरण गराए ।

उनले उपयुक्तताको आधारमा संविधान संशोधन गर्न सकिने बताए । उनले भने,‘अहिले नेकपाले गठन गरेको कार्यदलले संविधानको कुन कुन धारा संशोधन गर्दा राम्रो हुन्छ भनेर अध्ययन गर्छ । कार्यदल गठन भएकै हो नि । यसको संयोजक माधव नेपालजी हुनुहुन्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ