सन्दीप लामिछानेको अर्को छलाङ

प्रकाशित मिति : २०७६ फाल्गुण १३ मंगलबार

काठमाडौं । नेपालका लेग स्पिन क्रिकेट खेलाडी सन्दीप लामिछानेले अर्को छलाङ मारेका छन् । टी–२० क्रिकेटमा व्यवसायीक क्रिकेटमा विश्वकै गनिएका खेलाडीमा पर्ने सन्दीपले एशिया–११ टोलीबाट खेल्ने भएका छन् । 

सन्दीपलाई बङ्गलादेश क्रिकेट बोर्डले आयोजना गर्ने मुजिब १०० टि–२० कपमा खेल्ने एशिया–११ टोलीमा समावेश गरिएको हो । 

उक्त प्रतियोगिता बङ्गलादेशले बङ्गबन्धु शेख मुजिबउर रहमानको जन्मशताब्दीका अवसरमा आगामी चैत ८ र ९ गते ढाकामा आयोजना गर्न लागेको हो । सो प्रतियोगिताका लागि आयोजक बङ्गलादेश क्रिकेट बोर्डले आज १४ सदस्यीय खेलाडीको नाम सार्वजनिक गरेको हो । 

सन्दीपसँगै एशिया–११ टोलीमा भारतीय कप्तान विराट कोहली, लोकेश राहुल, शिखर धवन, ऋषभ पन्त, लिटन दास, तमिम इक्बाल, लसिथ मालिंगा, मुस्ताफिजुर रहमान, राशिद खान, मुस्फिकुर रहीम, थिसारा परेरा, मोहमद सामी र कुलदिप यादव छन् । प्रतियोगिताअन्तर्गत विश्व–११ र एशिया–११ बीच दुई वटा खेल हुनेछन् । 

नयाँ