arrow

मेस्सी असफल हुँदा बार्सिलोना बराबरीमै, चेल्सीको लज्जास्पद हार 

logo
प्रकाशित २०७६ फागुन १४ बुधबार
messi55.jpg

काठमडौं । च्याम्पियन्स लिग फुटबलको प्रिक्वार्टरफाइल खेलको पहिलो लेगको खेलमा जर्मन क्लब बायर्न म्युनिखले जित निकाल्दा स्पेनिश क्लब बार्सिलोना भने बराबरीमा रोकिएको छ ।

मंगलबार राति भएको खेलमा बार्यनले इंगलिश चेल्सीलाई ३–० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा भएको खेलमा चेल्सीले लज्जास्पद हार बेहोर्दा प्रशिक्षक फ्रयांक लाम्पार्डले दुःख व्यक्त गरेका छन् । 

बायर्नलाई जित दिलाउन सर्ज गन्ब्रीले दुई तथा रोबर्ट लेवान्डोस्कीले एक गोल गरे ।

हारसंगै चेल्सीको क्वार्टरफाइनल प्रवेशको सम्भावना कठिन बनेको छ ।  बायर्नले गत अक्टोबरमा समूह चरणको खेलमा प्रिमियर लिग क्लब टोटेनहम हट्सपरलाई घरेलु मैदानमा ७–२ ले हराएको थियो ।

चेल्सीका मार्कोस एलान्सोले रातो कार्ड खादै मैदान बाहिरिएपछि चेल्सी खेलको अन्तिम ७ मिनेट १० खेलाडीमा सिमिति बनेको थियो ।

अर्को खेलमा बार्सिलोनाले भने नापोलीको घरेलु मैदानमा १–१ गोलको बराबरी खेलेको हो । डेरिस मार्टिन्सले घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए पनि एन्टोनी ग्रिजम्यानले बार्सिलोनाका लागि बराबरी गोल फर्काएका थिए ।

खेल सकिन एक मिनेट बाँकी छँदा आर्तुरो भिडाल रातो कार्ड खाँदै मैदान बाहिरिएपछि बार्सिलोनाले १० खेलाडीमा सीमित भएर खेलको अन्त्य गरेको थियो ।

लियोनल मेस्सी भने असफल भए । उनले गोल गर्न सकेनन् । उनको प्रयास असफल भएको थियो । उनले गोल गरेका भए डिएगो म्याराडोनाको ओल्ड स्टेडियममा रेकर्ड राख्ने थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ