arrow

मन्त्रीलाई पनि कोरोना भाइरस

logo
प्रकाशित २०७६ फागुन १४ बुधबार
corona-virus-irani-minister.jpg

काठमाडौं । कोरोना भाइरसले विश्वलाई नै नछोड्ने संकेत ल्याएको छ । चिनियाँमा मात्र देखिएको कोरोनाले एसियालाई मात्र हैन युरोपलाई पनि आक्रान्त पारेको छ । 

विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले त चेतावनी दिँदै महामारीको सामना गर्न तयार रहन चेतावनी दिइसकेको छ । 

कोरोनाले अहिलेसम्म २६ सय बढीको ज्यान गइसकेको छ भने एक लाखको हाराहारीमा संक्रमित भएका छन् । 

उक्त क्रममा इरानमा कोरोना भाइरसको संक्रमण जटिल बन्दै गएको इरानी स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् । इरानका उप–स्वास्थ्य मन्त्री इरज हरिर्चीलाई कोरोना भाइरसको संक्रमण भएको मन्त्रालयका एक अधिकारीले बताए ।

इरानमा उच्च अधिकारीमा कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएको यो पहिलो घटना हो । 

सरकारका प्रवक्ता अलि रबिएसँगै सोमबार गरेको पत्रकार सम्मेलनका दौरानमा हरिर्चीले पटक पटक खोकेका थिए भने पसिना समेत बगेको थियो । 

यता इटालीमा पनि ११ जनाको ज्यान गइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ