arrow

राष्ट्रपतिको कार्यक्रमबाटै प्रधानमन्त्रीलाई दबाब दिन १ लाख पत्र संकलन

आश्वासनका २८ बर्ष पश्चिम सेती कहिले बन्छ ?

logo
प्रकाशित २०७६ फागुन १४ बुधबार
bolaniya-abhiyan.jpg

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक लाख पत्र बुझाउन सुदूर पश्चिम प्रदेशबाट पत्र संकलन कार्य सुरु गरिएको छ । ७५० मेगावटको पश्चिम सेती निर्माणका लागि दबाब दिन बोलन्या थली अभियानले १ लाख पत्र संकलन गर्न थालेको हो ।

मंगलबार विश्व सहित्य सम्मेलनको उद्घाटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी धनगढी पुगेपछि त्यसै खुल्ला मन्चबाट १ लाख पत्र संकलन गर्न थालिएको संयोजक यादव जोशीले बताए । पत्र संकलनको शुभारम्भ ८४ बर्षिय समाजसेवी भोज बहादुर चन्दबाट गरिएको छ । सुरुवात भएको तीन घण्टा मै १२०० बढि पत्र संकलन भइसकेको छ ।

सुदूर पश्चिमका ८८ वटा स्थानीय तहहरुमा संकल पत्र मन्जुसा पठाउने काम भइरहेको जोशीले बताए ।  एक महिना भित्र अभियानले एक लाख पत्र संकलन गरि सक्नेछ । केहि दिनपछि हुलाक र इमेलबाट पनि संकलन कार्य सुरु गर्ने उनले बताए ।

साथै पश्चिम सेतीका बारे रचनात्मक विरोध स्वरूप आयोजना गरिएको कार्यक्रमबाट संकलन भएको सात रुपैयाँ पचास पैसासहित बुझाउने तयारी गरिएको उनले बताए । त्यस्तै चैत १५ गते थलीले डोटीमा सपनाका डोकाहरु कसले भर्छ  पश्चिम सेती कहिले बन्छ ? भनेर डोटीमा ७५० खाली डोका प्रदर्शन गर्दैछ ।

पश्चिम सेती निर्माणका लागि दवाव दिन आम नागरिक र  बोलन्या थलीका अभियन्ताहरु गरि  ७५०  जना नागरिक ७५० मिनेट कचौरा समातेर डोटिको दिपायलमा अनशन बस्ने समेत उनले बताए ।

यसअघि बोलन्या थलीले पश्चिम सेतीका लागि माइतीघर मण्डलामा कचौरा जुलुस, सुदूरपश्चिमबाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने १३ जना सांसदसँग छलफल र सङ्गीत सङ्घर्ष कार्यक्रम गरिसकेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ