arrow

‘बाहिर देखिने सम्पतिले मात्र नेताले महल ठड्याउन सक्दैनन्’

logo
प्रकाशित २०७६ फागुन १४ बुधबार
baburams.JPG

काठमाडौं। संघिय समाजवादीका नेता एवं पुर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सबै दलका नेताहरुको सम्पति छानबिन गर्ने प्रस्ताव अघि सारेका छन्। प्रतिनीधि सभामा बोल्दै भट्टराईले चप्पल लगाएर काठमाडौं आएकाले सिधा हिसाबले महल र गाडी जोड्न नसक्ने बताएका छन्।

आफु अर्थमन्त्री पनि भएको र प्रधानमन्त्री पनि भएको साथै हिसाब मन पनि पर्ने भएर सोच्दा पनि कमाईको हिसाब नमिल्ने देखिने भन्दै जसरी हिसाब गर्दा पनि बाहिर देखिने सम्पत्तिले मात्रै नेताले काठमाडौंमा महल ठड्याउन नसक्ने पनि बताए ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, “म लगायत सबैको सम्पत्ति छानबिन गरौं । हिजो हामी त साथीहरूले दिएको एक जोडी लुगा, चप्पल लगाएर हिड्थ्यौं। अहिले हामी कसरी सुटेडबुटेड भएका छौं। कसरी चिल्ला कार चढेर हिडेका छौं।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ