arrow

प्रिमियर लिग : म्यानयु, लिभरपुल र वेष्टह्याम विजयी, तालिकामा पनि लहरै

logo
प्रकाशित २०७३ वैशाख ९ बिहिबार
manchester-united.jpg.jpeg
एजेन्सी । इङ्गलिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेड, लिभरपुल र वेष्टह्याम युनाइटेड विजयी भएका छन् । वुधरबार राति भएका खेलमा म्यानयुले क्रिष्टल प्यालेसलाई २–० ले हरायो । म्यानयुलाई विजयी गराउन डेमिइन डेलानी र मात्तिओ डार्मिअनले एक–एक गोल गरे ।
 
यस्तै, लिभरपुलले एभर्टनविरुद्ध ४–० को जित निकाल्यो । उता वेष्टह्याम युनाइटेडले वाट्फोर्डलाई ३–१ ले हरायो । जितसंगै म्यानयुले ५९ अंक जोडेको छ । ५६ अंक जोडेको वेष्टह्याम म्यानु भन्दा एक स्थानपछि छैठौं तथा लिभरपुल ५४ अंकका साथ लिग तालिकाको सातौं स्थानमा छ ।
शीर्ष स्थानमा रहेको लेस्टर सिटीको ७३ अंक छ । यस्तै, दोस्रो स्थानको टोटनह्यामको ६८ अंक हुँदा तेस्रो स्थामा रहेको म्यान्चेष्टर सिटीको ६१ अंक छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ