arrow

आलिया रणबीरको ब्रेकअप !

logo
प्रकाशित २०७६ फागुन १४ बुधबार
alia-bhatt-talks-about-her-wedding-plans-with-ranbir-kapoor.jpg

काठमाडौं । विवाहको चर्चामा रहेका भारतीय अभिनेता रणबीर कपूर र आलिया भट्टको सम्बन्धमा केही दरार देखिएको छ । केहि समयदेखि दुवैबीच सम्बन्ध राम्रो नरहेको बताइएको छ ।

हालै दुबै करीना कपूरको भाई अरमान जैनको रिसेप्शन पार्टीमा पुग्दा एकअर्कालाई तरस्कार गर्दै गरेको देखिए। त्यस समयमा रणबीरकी आमा नीतू सिंह वातावरणलाई सामान्य बनाएकी थिइन् । बलिउडका सबैभन्दा चर्चामा रहेका जोडी मध्येका एक आलिया र रणबीर, एक अर्कालाई हेर्न समेत मन गरिरहेका छैनन्।

स्रोतका अनुसार आलिया भट्ट र रणबीर कपूर एकै स्टुडियोमा शुटिङ गरिरहेका थिए तर दुवैले एक अर्कासँग कुरा समेत गरेनन। समाचारका अनुसार आलिया र रणबीरले 'ब्रह्मास्त्र' फिल्मको शुटिङ पूर्ण गरिसकेका छन् र अर्को फिल्मको तयारीमा छन्। दुबै मुम्बईमा एकै स्टुडियोमा शुटिङ गर्दै छन् तर एक अर्कालाई भेट्दैनन्।

आलिया आफ्नो फिल्म 'गंगुबाई काठियावाडी'को शुटिंग गर्दैछिन् भने रणबीर कपूर 'शम्शेरा' फिल्मको शुटिंगमा व्यस्त छन्। यद्यपि दुवै जना कामको बिचमा प्रेम ल्याउन चाहँदैनन्, त्यसैले उनीहरू त्यसो गर्दैछन् पनि भनिएको छ ।

यसअघि आलिया भट्ट र रणबीर कपूरको २०१९ को डिसेम्बरमा बिहे हुन सक्ने समाचारहरु आएका थिए । तर विवाह भएन । पुन मेमा विवाह गर्न सक्ने बताइएको थियो । तर अब दुबै दुरी बढ्न थालेको छ । जसलाई लिएर प्रशंसकहरु निराश हुन सक्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ