arrow

स्रोत नखुलेको रकम बरामद

logo
राहुल गुप्ता,
प्रकाशित २०७६ फागुन १४ बुधबार
birjung-cash-capture.jpg

वीरगंज। प्रहरीले वीरगंजबाट स्रोत नखुलेको २६ लाख ७१ हजार रुपैयाँसहित चार जनालाई पक्राउ गरेका छ। पक्राउ पर्नेमा एक जना भारतीय र तीन जना नेपाली नागरिक रहेका छन्। रौतहट पिपरा पोखरिया–१ घर भइ हाल पर्साको वीरगंज महानगरपालिका वडा नंम्बर १६ नगवा बस्ने ४१ वर्षीय संजय कुमार साह, सोही ठाउँका ३० वर्षीय जयलाल महतो, ३१ वर्षीय राजुकुमार कलवार र भारत रक्सौल डुमरिया टोल बस्ने ३५ वर्षीय विजय कुमार ठाकुरलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो।

साह र महतोलाई प्रहरीले वीरगंज महानगरपालिका वडा नम्बर १० आदर्शनगरबाट बा ४८ प ६५९७ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको थियो। साहको साथबाट प्रहरीले स्रोत खुलाउन नसकेको नगद ९ लाख ७१ हजार र महतोको साथबाट नगद १० लाख नेपाली रुपैयाँ बरामद गरेको छ। यस्तै कलवार र ठाकुर बिआर ०५ एए ७२५५ र बिआर ०५ डी ५०१८ नम्बरको भारतीय मोटरसाइकलसहित प्रहरीले वीरगञ्ज १६ स्थित भन्सार कार्यालयको गेट अगाडीबाट नियन्त्रणमा लिएको थियो।

कलवारको साथबाट स्रोत खुलाउन नसकेको तीन लाख र ठाकुरको साथबाट ४ लाख नेपाली रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका चारै जनाविरुद्ध अवैध वित्तिय कारोबार (हुण्डी) शिर्षकमा मुद्दा दर्ता गरी कारवाही अघि बढाइएको पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले जानकारी दिइन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ