arrow

राष्ट्रपति आउँदा सार्वजनिक बिदा, चार पालिकामा छुट्टी, संकेत कता ? 

logo
प्रकाशित २०७६ फागुन १५ बिहिबार
vidya-devi-bhandari-president-nepal.jpg

काठमाडौं । सेरेमोनियल राष्ट्रपतिलाई संकटकालीन अधिकार दिने चर्चा चलिरहेको छ । राष्ट्रपतिलाई नै कार्यकारी बनाउने गरी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संविधान संशोधनका लागि लागिरहेको बताइन्छ । 

राष्ट्रपतिको यो सेरेमोनियल पदलाई अधिकारयुक्त बनाउने क्रम चलिरहँदा त्यसको ट्रेलर सुदूरपश्चिमा देखिन थालेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी मन्दिरमा पूजा, साहित्यिक कार्यक्रमको उद्घाटन र भवन उद्घाटनका कार्यक्रम लिएर सुुदूरपश्चिम निस्किरहँदा उनको सम्मानमा बैतडी र दार्जुलाका दुई–दुई पालिकाले सार्वजनिक बिदा दिने निर्णण गरेका छन् ।

बैतडीका पाटन नगरपालिका र दशरथ नगरपालिका तथा दार्जुलाका शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले बिहीबारका लागि सबै कार्यालय र शैक्षिक संस्था बन्द गरेका छन् । 

आफ्ना गाँउ र नगरपालिका लागि सूचना जारी गर्दै राष्ट्रपतिको स्वागतमा भेला हुन भनेका छन् । विद्यार्थीलाई अनिवार्य सहभागी हुन भनिएको छ ।

राष्ट्रकै सातौं धामका रुपमा चिनिएको धार्मिक तीर्थस्थल मालिकार्जुन मन्दिरमा राष्ट्रपति भण्डारी आउने भएपछि स्वागतका लागि मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाले सार्वजनिक विदा दिएको हो ।

बुधबार गाउँकार्यपालिका र नगरकार्यपालिकाले जिल्लामा राष्टपतिको आगमन हुने भएपछि विदा दिने निर्णय गरेको मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नरेन्द्र सिंह धामीले जानकारी दिए । 

राष्ट्रपति विद्यादेवी भण्डारी मालिकार्जुन गाउँपालिकाको निमन्त्रणमा शैल्य मालिकार्जुन दर्शन तथा पुजापाठ गर्न आउन लागेको गाउँपालिकाका अध्यक्ष धामीले जानकारी दिए । 

राष्ट्रपति भण्डारी उपस्थित भएको कार्यक्रममा पञ्चकन्या, गाउँपालिका अध्यक्ष र अन्य व्यक्तीहरुबाट स्वागत तथा अभिनन्दन गर्ने, स्थानिय कला संस्कृति, सँगुन झोडो, ढुस्को प्रर्दशन गर्ने कार्यक्रम तय गरिएको उनले बताए ।

के छ बिहीबारको कार्यक्रम ?
राष्ट्रपति भण्डारीले बिहीबार बिहान १० बजे राष्ट्रकै सातौं धाम मालिकार्जुन मन्दिरको दर्शन तथा पुजापाठ गर्ने कार्यक्रम रहेको छ । मन्दिर दर्शन पश्चात मावि मणमा हुने नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ ।

यस्तै राष्ट्रपति भण्डारीले दिउँसो २ बजे बैतडीको त्रिपुरासुन्दरी भगवतीको दर्शन गर्ने कार्यक्रम रहेको छ । 

भण्डारी दिउँसो ३ बजे पाटनस्थित भीमदत्त पोलिटेक्निक इन्स्युच्युटको नवनिर्मित भवन र छात्रावास भवनको उद्धघाटन गर्ने कार्यक्रम रहेको सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । शनिबार काठमाडौं फर्कने 

बुधबारदेखि सुदूरपश्चिमको भ्रमणमा रहेकी राष्ट्रपति भण्डारीले पहाडी जिल्लामा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुने कार्यसुची रहेको छ ।

उनी शनिबार मात्र काठमाडौं फर्कने कार्यक्रम रहेको छ । 

स्थानीय तहको मनोमानी वा केन्द्रको आदेश ? 
अहिले स्थानीय तहले विभिन्न कार्यक्रमका लागि आफैले निर्णय गर्दै आएका छन् । प्रत्यक्ष रुपले हेर्दा स्थानीयलाई त्यो अधिकार प्राप्त छ । 

स्थानीय चाडपर्वका लागिसमेत पनि उनीहरुले छुट्टै क्यालेन्डर बनाउन सक्छन् । तर राष्ट्रपति भण्डारीको आगमनका क्रममा स्थानीय तहले दिएको बिदा कत्तिको जायज छ भन्ने प्रश्न टड्कारो बनेको छ । 

यसले कतै नेकपाको कार्यकारी राष्ट्रपतिको लागि भनी गर्न खोजिएको संविधान संशोधनलाई मेल खुवाउन खोजिएको त हैन भन्ने प्रश्न तेर्सिएको छ । 

राष्ट्रपतिलाई मात्र हैन प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ६९ औं जन्मोत्सव मनाउन तेह्रथुम जाँदा पनि त्यहाँको स्थानीय गाउँपालिकाले सार्वजनिक बिदा दिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ