arrow

दिल्ली हिंसाः मुसलमानले हिन्दू मन्दिर तोडिनबाट बचाए, हिन्दूले मस्जिद

logo
प्रकाशित २०७६ फागुन १५ बिहिबार
mandir-masjid.jpg

काठमाडौं । भारतको उत्तर–पूर्वमा आइतबारदेखि जारी आन्दोलनले धार्मिक हिंसाको रुप लिए पनि केही स्थानमा भने हिन्दू–मुस्लिम मिलेर मानवियताको उदाहरण बनेका छन् । 

विजय पार्क र यमुना विहार इलाकामा दुई समुदाय मिलेर हिंसा फैलाइरहेका आन्दोलनकारीलाई कोलोनीमा छिर्नबाट रोकेका छन् । उनीहरुलाई त्यहाँबाट भगाउने कामसमेत गरेको भारतीय संचारमाध्यमले लेखेका छन् । 

उक्त क्षेत्रमा सडक किनारका घरहरुमा क्षति पुगे पनि बाँकी इलाका सुरक्षित रहेको बताइएको छ । 

त्यस्तै चाँदबागमा मुस्लिमहरुले हिन्दूहरुसंग मिलेर मानव साङ्लो बनाएर मंदिरमा कुनै पनि क्षति पुग्न दिएनन् । 

यमुना विहारको सी–१२ क्षेत्रमा मन्दिर र मस्जिद करिब एक सय मिटरको दूरीमा रहेका छन् । 

यस्तो संयोग छ कि साँझ मस्जिदबाट अजान र मन्दिरबाट शंखको आवाज एकै समयमा आउने गर्छ । 

हिन्दू–मुस्लिमले पूरा क्षेत्र नै आफूहरुको परिवार भएको दावी गर्दै आएका छन् । 

दुवै समूदायले मन्दिर र मस्जिदलाई कुनै पनि नोक्सानी हुन नदिने बताइरहेका छन् । 

दुवै समूदाय ईद र दिपावलीमा उत्तिकै सरिक हुन्छन् । 

दिल्ली हिंसाको तेस्रो सदन चाँदबागको मन्दिर तोड्न केही आन्दोलनकारी आइरहँदा मुस्लिम समूदायका व्यक्तिहरु अगाडि तेर्सिएर मन्दिर तोडिनबाट जोगाएका थिए । चाँदबाग निवासी सलिमले भने कि – ‘यदि मन्दिर तोडिएको भए हामी लज्जित हुने थियौं ।’

दिल्लीमा नागरिकता विधेयकको विरोध गर्दागर्दै फैलिएको हिंसा धार्मिक हिंसामा बदलिँदा २७ जनाको ज्यान गइसकेको छ भने २ सय ५० भन्दा बढी घाइते छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ