arrow

भारतले जापानबाट नेपालीको उद्दार गर्‍यो, नेपाल सरकार जानकार छ ? 

logo
प्रकाशित २०७६ फागुन १६ शुक्रबार
corona-virus.jpg

काठमाडौं । भारतले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्नका लागि एक नेपालीको समेत उद्दार गरेर भारत ल्याएको छ । 

भारतले जापानको टोकियोस्थित पानीजहाजमा रहेका एक नेपालीसहित १ सय २४ जनाको उद्दार गरेको हो ।

भारतीय विदेशमन्त्री एस जयशंकरले दिएको जानकारी अनुसार भारतले आफ्ना १ सय १९ र पाँच विदेशीलाई उद्दार गरी बिहीबार नयाँदिल्ली ल्याएको हो ।

उद्धार गरिएका विदेशीमा श्रीलंकाका दुई तथा नेपाल, दक्षिण अफ्रिका र पेरुका एक एक जना हुन् । 

भारतले कोरोना भाइरस संक्रमण देखिएको डाइमन्ड प्रिन्सेस पानीजहाजमा रहेका सबै भारतीय तथा विदेशीलाई एयर इन्डियाको विशेष विमानमा नयाँदिल्ली ल्याएको हो । 

नेपाल सरकार जानकार छ ? 
नेपालको परराष्ट्र मन्त्रालयले ती नेपाली को हुन् भनी जनाएको छैन । 

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पनि केही उल्लेख गरेका छैनन् । 

भारतीय विदेशमन्त्री जयशंकरले एक नेपाली भने पनि उनको परिचय खुलाएको छैन । 

उनी कपनकी अम्बिका बस्नेत रहेको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ