arrow

कोरोनाको असरः जापानमा सबै विद्यालय बन्द

logo
प्रकाशित २०७६ फागुन १६ शुक्रबार
corona-patient.jpg

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) ले गर्दा जापान पनि प्रभावित भएको छ ।
 
जापानी प्रधानमन्त्री सिन्जो आबेले कोरोना संक्रमण फैलिन सक्ने त्रासका कारण देशभर सबै तहका विद्यालयहरु बन्द गर्न निर्देशन दिएका हुन् । 

यो निर्देशनपछि २ मार्चदेखि केही हप्ताका लागि देशका सबै विद्यालय बन्द हुनेछन् । 

आबेले भनेका छन्, ‘बालबालिकामा यो संक्रमण नफैलियोस् भनी सबै क्षेत्रहरुमा प्रयत्नहरु गरिएको छ, आगामी एक दुई हप्ता यस विषयमा गर्नुपर्ने कामका हिसाबले अत्यन्तै महत्वपूर्ण अवधी रहनेछ ।’ 

जापानमा अहिलेसम्म दुई सय बढी संक्रमित भेटिएका छन् । जापानमा ३ तथा डायमन्ड प्रिन्सेज पानीजहाजमा ४ गरी ७ जनाको ज्यान गइसकेको छ । 

चीनको वुहानबाट फैलिएको कोरोना पछिल्ला दिनमा चीनमा भन्दा बढी बाहिर फैलिने क्रम तीब्र रहेको छ । 

युरोपेली राष्ट्रहरु बढी प्रभावित भएका छन् । 

अहिले ८० हजार भन्दा बढी विश्वका मानिस प्रभावित भएका छन् । ५० देशमा फैलिएको जनाइएको छ । २८ सय को मृत्यु भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ