arrow

दिल्लीको हिंसा थामियो, ३८ को मृत्यु, ३६४ घाइते

मृत्यु सामग्री राख्ने आम आदमीका पार्षद हुसैनमाथि हत्या हत्या मुद्दा, पार्टीद्धारा निलम्बन, दोब्बर सजाय देउ–केजरीवाल

logo
प्रकाशित २०७६ फागुन १६ शुक्रबार
delhi-agitation-house.jpg

काठमाडौं । भारतको राजधानी नयाँदिल्लीको हिंसात्मक गतिविधि रोकिएको छ । आइतबारदेखि मंगलबारसम्म निकै आक्रामक रुपले अनियन्त्रित देखिएको हिंसा बुधबार र बिहीबार सामान्य बनेको छ । 

घटनामा ३८ जनाको ज्यान गएको छ भने ३६४ जना घाइते भएका छन् । पछिल्ला दुई दिनमा कुनै पनि घटना नभएका प्रहरीले बताएको छ । 

प्रहरीले अहिलेसम्म ४८ वटा एफआरआई दर्ता गरेको छ । नागरिकता संशोधन विधेयकको विषयमा आएर पक्ष र विपक्षका मानिसहरुबीच झडप भएको हो । 

हिंसाले धार्मिक रुप लिए पनि दिल्लीका हिन्दू–मुस्लिम सम्हालिएर अगाडि बढेपछि हिंसा थामिएको हो । 

प्रहरीले ५१४ जना संदिग्धलाई पक्राउ गरी अनुसन्धान थालेको जनाएको छ । 

आम आदमी पार्टीका नेतामाथि मुद्दा
दिल्ली हिंसामा दिल्ली सरकारको नेतृत्व गरिएको सत्तारुढ दल आमआदमी ९आप० पार्टीका नेताले नै हिंसा भड्काएको र हत्या गरेको आरोप लागेको छ।

आपका पार्षद ताहिर हुसैनको घरको छतमा पेट्रोल बमदेखि एसिड, ढुङ्गा, गुलेली लगायतका मृत्युका सामग्रीहरु कोक फेन्टाका क्यारेटमा राखिएको हो। हुसैनमाथि हिंसा भड्काएको आरोपसमेत लागेको छ। इन्टेलिजेन्स व्यूरो आईबीका अफिसर अंकित शर्मालाई मारेको आरोपसमेत हुसैनमाथि लागेको छ।

उनीमाथि मुद्दा नै दर्ता भएको छ ।

अंकितका बुबा र भाइका साथै भारतीय जनता पार्टी भाजपाका नेता कपिल मिश्राले हुसैनमाथि हत्याको आरोप लगाएका हुन्।

ताहिरको करावलनगरमा रहेको पाँच तल्ले बनिरहेको हुसैनको घरमा गए हेर्दा विभिन्न भारतीय संचारमाध्यमले मृत्यु सामग्री फेला पारेका हुन्। दिल्ली पुलिसले ताहिरलाई सोधपुछका लागि बोलाएको थियो । 

ताहिर बुधबारदेखि बेपत्ता भएको पनि जनाइएको छ। ताहिर पेशाले इन्टेरियर डेकोरेशनका ठेकेदार हुन्। उनको घरमा गएर हेरेपछि हिंसाको योजना पहिलेदेखि नै बनेको देखिन्छ।

ताहिरले बनाएको कोलनी अवैध रहेको बताइएको छ। उक्त कोलनी आसपासमा रहेका ४० कारमाथिसमेत आगो लगाइँदा २५ कार जलेका थिए। ताहिरको घरबाहेकका वरिपरिका धेरैजसो घर जलेका छन्।  

केजरीवाल भन्छन् –दोब्बर सजाय होस्
दिल्लीका मुख्यमन्त्री एवं आम आदमी पार्टीका प्रमुख अरविन्द केजरीवालले आमका कुनै नेता सामेल भएको पाइए उसलाई दोब्बर सजाय हुनुपर्ने बताएका छन् । 

उनले भने, ‘राष्ट्रिय सुरक्षाको मुद्दामा कुनै राजनीति नहोस् ।’

उनले हुसैन यदि दोषी ठहरिए दोब्बर सजाय दिन माग गरेका छन् । उनले कुनै पनि आपको नेता कार्यकर्ता सामेल भएको पाइए दोब्बर सजाय दिन पनि माग गरेका छन् । 

मृतकका परिवारलाई क्षतिपूर्ति
मुख्यमन्त्री केजरीवालले हिंसा प्रभावित र मृतकका परिवारलाई राहतको घोषणा गरेका छन् । मृतकका परिवारलाई जनही १० लाख भारु, गम्भीर घाइतेलाई २ लाख तथा जसको घर जल्यो उनीहरुलाई ५ लाख तथा अशक्तलाई पनि पाँच लाख दिने निर्णय गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ