arrow

कोरोनाले विश्वभर कति मृत्यु, कति संक्रमण, कतिलाई स्वास्थ्यलाभ ?

logo
प्रकाशित २०७६ फागुन १६ शुक्रबार
corona3.jpg

काठमाडौं । चीनको वुहान प्रान्तबाट गत डिसेम्बरको अन्तिमबाट फैलिएको कोरोना भाइरस ९कोभिड–१९० ले विश्वमै विकराल रुप लिएको छ । 

विश्व स्वास्थ्य संगठनले महामारीको सामना गर्न तयार हुन चेतावनी उर्दी जारी गरिसकेकोछ । 

विश्व स्वास्थ्य संगठनका प्रमुख डा टेड्रोस गेबेरियससले कोरोना भाइरसको प्रकोप एक ‘निर्णायक बिन्दु’ मा पुगेको बताएका छन् । उनले फेरि पनि ‘महामारीको सम्भावना’ रहेको बताएका छन् । 

इटालीमा १७ जनाको ज्यान गइसकेको छ भने ११ शहरलाई क्वारेन्टाइनमा राखिएको छ । ६५० जनामा संक्रमण भएको छ । 

पछिल्ला दिनमा युरोपेली राष्ट्रहरुमा यसले महामारीको रुप लिन थालेको पाइन्छ । 

इरानको तेहरानमा २६ जनाको ज्यान गएको छ भने २४५ जनामा संक्रमण देखिएको छ । इरानमा स्वास्थ्य मन्त्री इराज हारिची पनि संक्रमित भएका छन् । 

दक्षिण कोरियामा १२ जनाको ज्यान गइसकेको छ भने १२ सय ६१ जना संक्रमित रहेका छन् । 

सिंगापुरमा एक १२ वर्षे बालकसहित ९६ जनामा संक्रमण देखिएको छ । 

फ्रान्समा २ जनाको ज्यान गएको छ भने ३८ जनामा संक्रमण देखिएको छ । 

अल्जेरिया, डेनमार्क, रोमानिया र स्पेनमा पनि समस्या देखिएको छ । 

नर्दन आयरल्याण्डसंगै बेलायत पनि प्रभावित भएको छ । बेलायतमा १६ जना संक्रमित छन् । 

नेदरल्यन्डसमा पनि देखिएको छ । इटालीबाट फर्केका एक ब्राजिलियन नागरिकमा पनि संक्रमण देखिएको छ । 

अमेरिकामा संक्रमितको संख्या ६० पुगेको छ । 

चीनमा नयाँ संक्रमितको संख्या बिहीबार ३२७ थपिएका छन् । 

३ हजार ६ सय २२ जनालाई भने अस्पतालबाट डिस्चार्ज गरिएको छ । उनीहरु स्वास्थ्यलाभ गरी घर फर्किएका छन् । 

जापान पनि प्रभावित भएको छ । जापानी प्रधानमन्त्री सिन्जो आबेले कोरोना संक्रमण फैलिन सक्ने त्रासका कारण देशभर सबै तहका विद्यालयहरु बन्द गर्न निर्देशन दिएका हुन् । 

यो निर्देशनपछि २ मार्चदेखि केही हप्ताका लागि देशका सबै विद्यालय बन्द हुनेछन् । 

आबेले भनेका छन्, ‘बालबालिकामा यो संक्रमण नफैलियोस् भनी सबै क्षेत्रहरुमा प्रयत्नहरु गरिएको छ, आगामी एक दुई हप्ता यस विषयमा गर्नुपर्ने कामका हिसाबले अत्यन्तै महत्वपूर्ण अवधी रहनेछ ।’ 

जापानमा अहिलेसम्म दुई सय बढी संक्रमित भेटिएका छन् । जापानमा ३ तथा डायमन्ड प्रिन्सेज पानीजहाजमा ४ गरी ७ जनाको ज्यान गइसकेको छ । 

साउदी अरेबियाले विदेशी तीर्थयात्रीलाई मक्का मदिना दर्शन गर्नका लागि आउन नदिने संकेत गरेको छ । उसले विदेशी तीर्थयात्रीलाई छिर्न नदिने बताए पनि त्यो हाजीका लागि आउनेहरुका लागि हुने नै अनुमान गरिएको छ । 

अष्ट्रेलियाले कुनै पनि चिनियाँलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ । 

ग्रीसले सबै कार्निभल फेस्टिबलहरु स्थगित गरेको छ । 

नेपालमा एक जना संक्रमित फेला परेका छन् । उनले पनि स्वास्थ्यलाभ गरिसकेको बताइएको छ ।

चीनबाट ल्याइएका १७५ नेपालीहरु क्वारेन्टाइनमा छन् । पहिलो परिक्षणमा उनीहरु कसैमा पनि कोरोना देखिएन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ