arrow

मेची राष्ट्रिय बुद्धिचालको उपाधि राघवलाई 

logo
प्रकाशित २०७६ फागुन १६ शुक्रबार
20200227_154047.jpg

ताप्लेजुङ । पर्यटन वर्ष २०२० मेची राष्ट्रिय बुद्धिचालको उपाधि भारतका २०५२ रेटेड खेलाडी राघव श्रीवास्तवले ताप्लेजुङ्गको फुगंलिङ्ग बजारमा भएको पाथिभरा अन्तर्राष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगिताको उपाधि हात पारेका छन् । 

उनले ६ खेलमा जित र ३ खेलमा बरावरी खेली साढे सात अंक सहित सो उपाधि लिन सफल भए । अन्तिम चरणको खेलमा एशियन एमेच्योर विजेता खेलाडी नेपालका कृष्ण थापालाई पराजित गरे । 

सेतो गोटी लिएर क्विन्स ईण्डियन प्रणालीमा खेल सुरु गरेका कृष्णलाई राघवले पन्ध्रौं चालमा दवावमा राख्न सफल भए जसको परिणाम स्वरुप कृष्णले १९ औं चालमा गल्ती गरेर उँट राघवलाई सुम्पिन्न पुगे र २० औं चालमा खेल त्याग्न वाध्य भए । राघवले ट्रफी सहित नगद रु.६० हजार पारे ।

त्यसै गरी प्रतियोगितामा उत्कृष्ट लयमा रहेका नेपालका २०३८ रेटेड सुमित पन्तले दोस्रो स्थान हात पर्न सफल भए । उनले अन्तिम चरणको खेलमा पूर्व नेपाल च्याम्पियन भुपेन्द्र निरौलासंग बरावरी खेली ७ अंक जोडेका थिए । 

निकै आक्रमक देखिएका सुमितले जितको लागि प्रयास गरेता पनि खेलको ४५ औं चालमा बरावरी गर्न वाध्य भए । उनले नगद ५० हजार प्राप्त गरे । 

आठौं चरणको खेल सम्म शिर्ष स्थानमा रहेका भारतका थेण्डुप तामाङ्ग ७ अंक सहित तेस्रो स्थानमा रहे । पूर्व नेपाल च्याम्पियन बद्रिलाल नेपाली संग ९ औं चरणको खेलमा बरावरी खेलेका थेण्डुपले ४० हजार नगद पुरस्कार पाउन सफल भए । 

झपाका राजन सुवेदी र भारतका निशाद विकास चौथो र पाँचौं स्थानमा रहि क्रमशः जनै रु.३० हजार र २५ हजार पुरस्कार पाए । 

भारतका राहुल कुमार, नेपालका भुपेन्द्र निरौला, बद्रिलाल नेपाली, भारतका रोहित गुरुङ्ग र किरण वाई छैठौं देखि दशौं स्थान सम्म रहन सफल भए । 

 त्यसै गरी प्रदेश नं. १ मा भोजपुरका सुमन राई उतकृष्ट ठहरिए भने ताप्लेजुङ जिल्लामा राजकुमार गुरुङ प्रथम, मोहन बहादुर सेन्ताङ्ग दोस्रो र संतोष पालुङ्गा तेस्रो भए । 

सुमनले १५ हाजर राजकुमारले १५ हजार मोहनले १२ हजार र संतोषले १० हजार हासिल गरे । महिला तर्फ भारतका रश्मी प्रिया प्रथम, ताप्लेजुङका रुपा गुरुङ्ग र झापाका कृतिसारा अधिकारी तेस्रो स्थानमा रहिन् । अनरेटेड र भेटरान तर्फ सुनसरीका वल बहादुर तामाङ्ग र चुडामणी राई उत्कृष्ट रहे । 

ताप्लेजुङ्ग बुद्धिचाल संघका अध्यक्ष राजकुमार मेनियाङ्गवोको सभापतित्वमा सम्पनन भएको समापन तथा पुरस्कार वितरण ताप्लेजुङ प्रदेश सांसद बल बहादुर शामसु«ङ्गले विजेता खेलाडीहरुलाई नगद पुरस्कार तथा ट्रफि वितरण गरे । 

भारतका २४ र नेपालका वासठी जना गरी ८६ जना खेलाडी सहभागी रहेको प्रतियोगिता फागुन १० देखि सुरु भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ