arrow

नेपाल पनि बन्न सक्छ मेडिकल टुरिजम

logo
आदर्श केसी,
प्रकाशित २०७६ फागुन १६ शुक्रबार
adharsha-kc.jpg

ललितपुरमा स्थापना भएको मेडिसिटि अस्पतालको बाहिर २०१९ को अन्तिमतिर  संयोगबश कृष्ण पाण्डे  र अर्जुन चन्दसँग भेट भयो । उहाँहरु दुबै नेपालमा स्वास्थ पर्यटनको विकासको लागि काम गर्दै आउनु भएका अभियान्ताहरु हुनुहुँदो रहेछ । उहाँहरु दुबैले करोडौं रुपैयाँ खर्चेर उपेन्द्र महतोले बनाएको मेडिसिटि अस्पताललाई देखाउँदै  भन्नुभयो – यो अस्पताल करिब सात सय सैयाको छ, तर बिरामी बेडमा ६०–७० जना मात्रै छन् । 

उहाँहरुको कुरा बिरामी धेरै हुनुपर्छ भन्ने भन्दा पनि यहि उपचार हुनसक्ने विरामीहरु भारत तथा बिदेशमा उपचार गर्न  जाँदा यहाँका अस्पताल खाली भए भन्नेतर्फ थियो । राम्रो राम्रो उपचार हुने नेपालका धेरै अस्पतालहरुको हालत नेपालमा यस्तै  छ । उहाँहरु दुबैको कुराले मेरो ध्यान पनि तान्यो । नेपालमै सुविधा सम्पन्न अस्पताल, अनुभवी चिकित्सक हुँदा हुँदै  ठगिन हामी किन भारत जान्छौं रु किन विदेश जान्छौं ?

एउटा अस्पतालले नेपालकै अस्पतालहरुमा बिरामी रिफर नगरि किन लखनउ रिफर गरिदिन्छ रु यहाँ उपचार हुन नसक्ने बिरामी मात्रै नभइ सामान्य अवस्थाको बिरामीहरु पनि भारत रिफर गरिदिने अथवा भारत उपचार गर्न जाने परम्परा पुरानै हो । यसरी हामीले  अरु देशको स्वास्थ पर्यटनको बिकासमा जोड दिइरहेका रहेछौ । यस्तै प्रश्नले मलाई   नेपालको स्वास्थ्य पर्यटनको बिषयमा जान्ने भोक जाग्यो ।

नेपालको पर्यटन रणनीति अन्तर्गत  २०१६–२०१५ मा पर्यटन मन्त्रालय तथा नेपाल पर्यटन बोर्डले  स्वास्थ्य पर्यटनको प्रवद्र्धन गर्ने नीति लिएको रहेछ । तर मैले जानकारी पाएसम्म सरकारी स्तरमा स्वास्थ्य पर्यटनसम्बन्धी कुनै कानुन तथा नीति बनिसकेको छैन ।

यस सम्बन्धि धेरै कुरा जापानमा स्वास्थ्य पर्यटन नीतिमा विद्यावारिधि गदै गरेका विष्णु खनालले तत्कालिन समयमा लेखेको एक आर्टिकल पढेपछि थाहा पाए । नेपालमा स्वास्थ्य पर्यटनको धेरै राम्रो सम्भावना भए पनि नितिगत रुपमा सरकारले प्रयास अगाडी बढाएको जस्तो लागेन ।तर  निजि क्षेत्र बाट केही प्रयासहरु थालिएका रहेछन । हाल चलिरहेको पर्यटन बर्ष २०२० सग स्वास्थ्य पर्यटनलाइ पनि सगै लिन सकेको भए यसमा केही आशा जाग्न सक्थ्यो । 

मैले जाने सम्म सामान्य भाषामा भन्दा बिरामी भएर आफ्नो स्वास्थ्यको उपचारका लागि आफ्नो देशभन्दा बाहिर जानुलाई मेडिकल टुरिजम अर्थात स्वास्थ पर्यटन  भनिन्छ । जसमा मेडिकल सर्जरी, डेन्टल सर्जरी, कस्मेटिक सर्जरी लगायत प्रमुख पर्दा रहेछन  । रोग रोकथामको लागि तथा रोग लागिसकेपछि यसको उपचारको लागि गरिने भ्रमण नै स्वास्थ्य पर्यटन हो । राज्यको प्रमुख ओहोदामा बसेका उच्चपदस्थ ब्यक्तिहरु उपचारको लागी देश बाहिर  विदेश तिर जानु पनि ति देशहरुको स्वास्थ्य पर्यटन हो ।

 हाम्रै देशमा राम्रो उपचारको ब्यवस्था भएका दर्जनौं सुविधा सम्पन्न  अस्पतालहरु छन  ।तर विदेश उपचार गर्न जाने नेताहरुको कारणले आन्तरिक स्वास्थ पर्यटन विकासमा असर गर्दौ रहेछ   । अनुभवि चिकित्सहरु तथा सुविधा सम्पन्न अस्पताल नेपालमै  उपलब्ध हुँँदा हुँँदै पनि सामान्य उपचार गर्न विदेशतिर जाँदा  स्वास्थ्य पर्यटन कमजोर हुँदो रहेछ  । 

नेपालमा आँखाको उपचारका लागि विदेशबाट मानिसहरु आउने गर्छन् ।  खास गरी भैरहवा, विराटनगर, झापा, इटहरी, काठमाडौंसम्मका आँखा अस्पतालहरू भारतीयहरू नागरिकहरुको  रोजाइमा पर्ने गरेको तथ्यहरुले बताउँछ । यस्तै अन्य देशहरु बाट पनि  आँखाको उपचार गर्न विदेशीहरु नेपाल आउदा रहेछन् । यसले यहाँको मेडिकल पर्यटनमा सहयो गर्छ । तर हामी नेपाली यही उपलब्ध सुविधाको प्रयोग नगरि यँहाको स्वास्थ्य पर्यटन र आर्थिक प्रगतिलाइ असर गदै विदेश उपचारमा जाने गलत बानीमा र्छौ ।  अरु देश बाट  मानिसहरु उपचारमा नेपाल भित्राउन सक्ने हाम्रो क्षमता होइन र ?  
   

नेपालमा स्वास्थ्य पर्यटनको लागी गतिविधि
नेपालमा स्वास्थ्य पर्यटनको प्रर्बद्धनको लागी हालसम्म दुई ओटा  अन्तर्रा्ष्ट्रिय  स्तरका  सम्मेलनहरु भएका रहेछन् । तर त्यो राज्यको स्तर बाट होइन गैरसरकारी संस्थाको स्तर बाट भएका रहेछन  ।  ती दुई सम्मेलनहरु सम्पन्न भए पश्चात्  नेपालमा स्वास्थ्य पर्यटनको बहस भब्य रुपमा उठाएको मान्न सकिन्छ ।

 एक्स्प्लोर प्रोडक्टिभ चेम्बर अफ कमर्सले २०१८ मा  मेडिकल टुरिजम एसिया एक्स्पो तथा कन्फरेन्स सम्पन्न गरेको थियो भने, दोस्रो मेडिकल टुरिजम एसिया समिट काठमाडौंको होटल याक एण्ड यतिमा  २०१९ को अन्तिम तिर सम्पन्न भएको थियो  ।

दुबै कार्यक्रम एक्स्प्लोर हेल्थकेयर नेपाल तथा  एक्स्प्लोर प्रोडक्टिभ चेम्बर अफ कमर्सले  गरेका थिए। बिदेशमा भन्दा नेपालमा स्वास्थ्य उपचार सस्तो तथा बातावरण अनुकुल भएकोले बिदेशी पर्यटकहरुलाई आकर्षण गर्न सजिलो होस भन्ने उदेश्यले सम्मेलन गरिएको थियो  । 

  एक्स्पोलले नेपाली अस्पतालहरुलाई विकास गर्ने, विदेशी अस्पताल तथा स्वास्थ्य संस्थाहरुसँग समन्वय तथा सहकार्य गरी बिदेशी बिरामीहरुलाई नेपालमा उपचारको लागि प्रोत्साहन गरी नेपालमा बिदेशी पर्यटकहरुलाई भित्राउने लक्ष्य लिइएको  हुदो रहेछ  । 

विदेशमा भन्दा नेपालमा स्वास्थ्य उपचार सस्तो तथा बातावरण अनुकुल भएकोले बिदेशी पर्यटकहरुलाई आकर्षण गर्न सजिलो होस भनेर यस्तो कार्यक्रम  एक्स्पोले गदै आएको छ । यस्ता  एक्स्पोमा स्वदेशी तथा विदेशी अस्पतालका प्रतिनिधिबीच बिटुबि मिटिङ साथमा बिदेशी डेलिगेटलाई नेपालका अस्पतालको भ्रमण र कार्य दक्षताको प्रदर्शन गरिदै आएको छ ।आगामी  दिनमा यस्ता गतिविधि लाई हाइलाइट गरे नेपालको स्वास्थ्य पर्यटनको बिकास अवश्य हुने छ । (लेखक नेपाल पत्रकार महासघंका केन्द्रीय पार्षद हुन्) 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ