arrow

दर्शक हँसाउन म्याग्दी पुगेका मजोज कालीगण्डकी सफाइमा देखिए

logo
प्रकाशित २०७३ वैशाख ९ बिहिबार
manoj-g.jpg.jpeg
म्याग्दी । चर्चित हाँस्य कलाकार मनोज गजुरेलको टोली म्याग्दीको कालीगण्डकी र म्याग्दी नदिको सरसफाइमा सरिक भएका छन् । खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) पत्रकार मञ्च नेपाल म्याग्दीको अग्रसरतामा भएको सरसफाइ कार्यक्रममा गजुरेल लगायत सुरेन्द्र केसी, चर्चित गायिका मिलन अमात्य, जानकी बोहोरा लगायत सहभागी भए । 
 
म्याग्दी जेसिजको आयोजनामा बेनीको रुचि चलचित्र हलमा हुने हास्य ब्यङ्ग्ग्य कार्यक्रममा सहभागि हुन आएका गजुरेल र कलाकारहरु नदी सफाइको अभियानमा जुटेका हुन् । गजुरेल काठमाडौंको बागमती सफाइमा समेत निकै सक्रिय रहँदै आएका छन् । 
म्याग्दी जेसीजलाई सहयोगार्थ हुन लागेको कार्यक्रममा सहभागी भएका करिव एक दर्जन कलाकारहरु काली म्याग्दी नदी सफाइ अभियानमा सहभागी भए । 
 
गजुरेलले म्याग्दीका स्थानीयसंग पवित्र नदी कालीगण्कीको सरसफाइमा सरिक हुँदा  आफुहरु समेत पवित्र भएको बताए । यसरी सबै जिल्लाका सरमुकाम नजिकैको फोहोरलाई व्यवस्थापन गर्ने हो भने नेपाललाई चाँडै सरसफाइमा नमुुना देश बनाउन सकिने गजुरेलको भनाई छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ