arrow

बिजुलीको हाइटेन्सनबाट जोगिन खोज्दा फ्रेन्च प्याराग्लाइडर गम्भीर घाइते

हेलिकोप्टरबाट उद्दार गरी काठमाडौं ल्याइयो, विद्युत प्राधिकरण कहिले बन्ला जिम्मेवार 

logo
श्रीकृष्ण सिग्देल, 
प्रकाशित २०७६ फागुन १६ शुक्रबार
paraglidier-french.jpg

स्याङ्जा । भीरकोट नगरपालिका ६ लुव्दीखोलामा प्याग्लाइडिङ् दुर्घटना हुदाँ एक जना फ्रान्सेली नागरिक घाइते भएका छन् । 

भीरकोट ५ स्वरेक मैदानबाट उडेको प्याग्लाइडर नेपाल विद्युत प्राधिकरणको हाईटेन्सन लाईनबाट जोगिन खोज्दा ३५ बर्षिय फ्रान्सेली नागरिक साईरुम हेनरी ब्रोली गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । 

गम्भिर घाइते साइरुमको हेलिकोप्टरबाट उद्धार गरीएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरी नायब उपरिक्षक तथा सुचना अधिकारी नबिन कृष्ण भण्डारीले जानकारी दिए । 

भीरकोट ५ स्वरेक मैदानबाट उडेको प्याराग्लाईडिङ पकान फाट नजिकै अवतरणका क्रममा बिजुलीको तारबाट जोगिन खोज्दा दुर्घटना भएको बाबु एडभेन्चरका प्याराग्लाईडिङ संचालक सानुबाबु सुनुवारले बताए । 

घाईतेलाई फिष्टेल एअरको हेलिकप्टरबाट उपचारका लागि काठमाडौं लगिएको छ । बाह्रय चोट नदेखिएको र बोल्न सक्ने अबस्था रहेको प्रहरीले जनाएको छ । 

वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरिक्षक निरन्जन घिमिरेको कमाण्डमा खटिएको टोलीलेले उनको उद्दार गरेको थियो । 

घाईतेको काठमाडौं स्थित नर्भिक अस्पतालमा उपचार भैरहेको छ । अहिलेसम्म बिजुलीको तारकै कारण ५–६ पटक सम्म यस क्षेत्रमा दुर्घटना भैसकेको भएता पनि सम्बन्धित निकायले ध्यान नदिएको प्याराग्लाईडिङ संचालक सुनुवारको आरोप छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ