arrow

एनआइसी एशिया बैकका ग्राहकलाई वाल क्लाइमिङमा बिशेष छुट

logo
प्रकाशित २०७६ फागुन १६ शुक्रबार
nicasiabanklogo.png

काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेड र एस्ट्रेक क्लाइमिङ वाल प्रालिबीच यस बैंकका ग्राहक र कर्मचारीहरूलाई विशेष छुट उपलब्ध गराउन समझदारी भएको छ। उक्त समझदारीपत्रमा बैंकको तर्फबाट बैंकको वागमती प्रदेश डिजिटल सेल्स प्रमुख श्री श्याम लामिछाने र  कम्पनीका तर्फबाट महाप्रबन्धक कमल घले गुरुङले हस्ताक्षर गरेका छन्।

उक्त समझदारी अनुसार यस बैंकका ग्राहक महानुभावहरूले बैंकको डेबिट क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरि ठमेलमा रहेको वाल क्लाइमिङ कम्पनीले उपलब्ध गराउने सेवा प्रयोग गर्दा लाग्ने शुल्कमा ३०% छुट उपलब्ध गराउने छ। साथै बैंकका कर्मचारी तथा कर्मचारीका परिवारलाई यसै समझदारीअनुसार ५० प्रतिशत सम्म छुट हुने कम्पनीले जनाएको छ।

उक्त छुट सुविधा १ वर्षसम्म लागू हुनेछ । यो समझदारीले यस खेलमा रमाउन चाहनुहुने सबैका लागि लाभदायी हुने बैंकले विश्वास लिएको छ। बैंकले कार्ड तथा मोबाइल बैंकिङ्गबाट गरिने विद्युतीय भुक्तानीलाई प्रवद्र्धन गर्दै आइरहेकोमा बैंकका ग्राहक महानुभावहरूको अधिकतम लाभका लागि यो योजना ल्याइएको बताइएको छ।

बैंकले डेबिट क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवाग्राहीहरूले यस बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गका माध्यमहरूबाट विभिन्न सामान तथा सेवा खरिद गर्दा देशभर २ हजार २०० वटा भन्दा बढी मर्चेन्टहरूबाट आकर्षक छुट प्राप्त गर्न सक्ने बताइएको छ। सो छुट देशभर रहेको विभिन्न अस्पतालहरू, होटल, रिसोर्ट, रेष्टुराँ तथा विभिन्न सेवा तथा सामान विक्री गर्ने स्थानहरूबाट ग्राहक महानुभावहरूले सजिलै प्राप्त गर्न सक्ने बैकका नायव प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेद्धारा हस्ताक्षरित बिज्ञप्तीमा जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ