arrow

हातमा फिल्म र विज्ञापन पनि छैन, कहाँबाट आउछ रेखालाई पैसा ?

logo
प्रकाशित २०७६ फागुन १६ शुक्रबार
rekha1.jpg

काठमाडौं । बलिउड अभिनेत्री रेखाले आफ्नो फिल्म करियरमा नामका साथै पैसा पनि कमाएकी छिन्। बहुमुखी प्रतिभाको कारण रेखा अन्य अभिनेत्रीहरू भन्दा बिलकुलै फरक छिन्। ४० वर्षको करियरमा, रेखाले १८० भन्दा बढी फिल्महरूमा काम गरिसकेकी छन्।

उनले तीन पटक फिल्म फेयर अवार्ड पनि प्राप्त गरेकी छन्। पछिल्लो समय रेखा कुनै फिल्ममा वा कुनै विज्ञापनमा देखिएकी छैनन्। विचार गर्ने कुरा रेखाको कमाईको स्रोत के हो? उनी कसरी आफ्नो जीवनशैली कायम गर्छिन्?

रेखाको मुम्बई र दक्षिण भारतमा धेरै सम्पत्तीहरू छन्। जसलाई उनले भाँडामा दिएकी छन्। यी घरहरू मार्फत रेखाले राम्रो कमाइ गर्छिन्। रेखा राज्यसभा सदस्य पनि हुन् । राज्यको सदस्य भएर रेखाले हरेक महिना १ लाख रूपैयाँ पाउँछन् अर्थात् एक बर्ष १२ लाख कमाउँछिन्।

 रेखा धेरै कार्यक्रम तथा इभेन्टमा बोलाउने गरिन्छ । रेखा कुनै कार्यक्रममा पाहुनाको रूपमा जान्छिन्, उनलाई धेरै राम्रो शुल्क दिइन्छ। रेखा धेरै वर्षदेखि बलिउडमा काम गरिरहेकी छिन्। उनले जहिले पनि बचतमा बढी ध्यान दिएका छन्। रेखाले धेरै बैंकहरुमा निश्चित बचत गराएकी छन् ।

रेखा विज्ञापनमा विरलै देखिन्छन्। तर उनीको नाम वा तस्विर विज्ञापनमा प्रयोग गरिए रेखाले निश्चित शुल्क लिन्छिन्। टिभी कार्यक्रम होस् वा फिल्म, रेखा उनको विशेष उपस्थितिमा धेरै चार्ज गर्छिन्। कुनै पनि रियलिटी शोमा अतिथि बन्दा पनि  रेखाले राम्रो पैसा लिन्छिन्।

अमिताभ रेखा किस्सा

कुनै समय अमिताभको निकै नजिकको व्यक्ति मानिएका अमर सिंहले बच्चन परिवारको विषयमा निकै महत्वपूर्ण खुलासा गरेका थिए । अमिताभले सन् १९७६ मा रेखासँग ‘दो अनजाने’ फिल्मको शुटिङ शुरु गरेका थिए । यो क्रममा रेखा र अमिताभ एक साथीको घरमा सधैं भेट्ने गर्थे । ऋषि कपूर र नीतू सिंहको विवाहमा रेखा सिउँदोमा सिन्दूर लगाएर पुगेको घटनाले यसलाई थप मलजल गरेको थियो ।

यसैबीच जयाले पनि एक अन्तर्वार्तामा अमिताभले आफूसँग विवाह गरेको र आफूसँग लुकाएर उनले अर्को सम्बन्ध राखेको खण्डमा त्यो उनको समस्या हुने र यसको परिणाम पनि उनले भोग्नुपर्ने बताएकी थिइन् । रेखाले पनि जयालाई उत्तर दिँदै जयालाई उनका पतिलाई यसबारे समस्या नहुन्जेल कुनै समस्या नहुनुपर्ने जवाफ फर्काएकी थिइन् । यो विवादपछि अमिताभले रेखासँग काम गर्न छाडेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ