arrow

कोरोना भाइरसका कारण शुक्रबारसम्म विश्वभर दुई हजार ८७३ को मृत्यु

logo
एएफपी,
प्रकाशित २०७६ फागुन १६ शुक्रबार
corona-virus-infected.jpg

पेरिस। नयाँ कोरोनाभाइरसको सङ्क्रमणबाट विश्वभर शुक्रबार मध्यान्नसम्ममा दुई हजार ८ सय ७३ व्यक्तिको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठनले कोभिड–१९ नाम दिएको उक्त भाइरस विश्वका ५६ देशमा फैलिएको र विश्वभर कूल ८३ हजार ८ सय ५३ व्यक्तिमा सङ्क्रमण भएको विश्व स्वास्थ्य संगठन र सम्बन्धित देशका अधिकारीले पुष्टि गरेको तथ्याङ्कमा बताइएको छ। सम्बन्धित मुलुकका आधिकारिक स्रोतहरूबाट एएफपीले सङ्कलन गरेको तथ्याङ्कमा जनाइएको छ।

बिहीबार साँझपछि उक्त भाइरसको सङ्क्रमण एक हजार २ सय ९३ थप व्यक्तिमा देखिएको छ। मूख्यभूमि चीनमा कोरोना भाइरसका कारण शुक्रबारसम्म दुई हजार ७ सय ८८ व्यक्तिको मृत्यु भएको छ भने ७८ हजार ८ सय २४ जनालाई सङ्क्रमण पुष्टि भैसकेको छ। ग्रीनबीच समय अनुसार बिहबिार साँझ ५ बजेपछि शुक्रबार दिउसो १ बजेसम्म चीनमा थप ४१ जनाको मृत्यु भएको छ भने ३ सय २७ जना नयाँ व्यक्तिमा सङ्क्रमणको पुष्टि भएको छ।

यसबाहेक विश्वका अन्य मुलुकहरूमा कूल पाँच हजार २९ व्यक्ति सङ्क्रमित भएका छन् भने चीनबाहेक अन्य मुलुकमा कूल ८५ जनाको मृत्यु भएको छ। विश्वभर यो अवधिमा थप ९ सय ६६ जनामा सङ्क्रमण पुष्टि भएको छ।

चीनबाहेक सङ्क्रमण बढी देखिएका मुलुकहरूमा दक्षिण कोरिया अग्रस्थानमा रहेको छ। दक्षिण कोरियामा शुक्रबार मध्यान्नसम्म दुई हजार ३ सय ३७ जनालाई सङ्क्रमणको पुष्टि भएकोमा थप ५ सय ७१ जनामा विगत २४ घण्टाभित्र सङ्क्रमण पुष्टि भएको हो। दक्षिण कोरियामा सङ्क्रमणपछि उपचारका क्रममा १३ व्यक्तिको मृत्यु भएको छ। त्यस्तै इटलीमा १ सय २२ नयाँ सङ्क्रमित व्यक्तिसहित ६ सय ५० जनाले सङ्क्रमणपछि विभिन्न अस्पतालहरूमा उपचार गराइरहेका छन्। यस सङ्क्रमणका कारण इटलीमा १७ जनाको मृत्यु भइसकेको छ।

इरानको सरकारी तथ्याङ्कमा उल्लेख भएअनुसार शुक्रबारसम्म ३४ जनाको मृत्यु भएको छ भने कूल १ सय ४३ थप व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ। इरानमा सङ्क्रमितको सङ्ख्या ३ सय ८८ पुगेको छ। 

त्यस्तै यसबाहेक जापानको योकोहामास्थित एक पानीजहाजमा ७ सय भन्दा बढी व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको छ। जापानका अन्य स्थानमा कूल २ सय १० व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको र आठ जनाको मृत्यु भएको बताइएको छ। जापानमा विगत २४ घण्टामा २३ नयाँ विरामीमा कोरोना भाइरसको पुष्टि भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ