arrow

बाटो चम्काउँदा धूलोलाई यस्तो विधि माया किन ?

logo
यमुना भण्डारी,
प्रकाशित २०७६ फागुन १७ शनिबार
road-dust.jpg

काठमाडौ। माहानगरपाकाका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले केहि समय पहिले एक कर्यक्रमा धुलोको पुराण सुनाए। त्यो पुराण कुनै खानपान वा सौन्दर्य सामाग्रीसँग सम्बन्धित धूलोको भने थिएन। त्यो त काठमाडौं उपत्यकामा यत्रतत्र रहेको फोहोरजन्य धूलोको पुराण थियो। न्यौपानेको धूलो पुराण यहाँनेर पूरै भनेर भ्याइन्न। तर, उनले धूलो कहाँबाट भित्रिन्छ र काठमाडौं बासीले धूलोलाई कति माया गरेर राख्छन् भन्ने कुरा बडो व्यङ्ग्यात्मक ढंगले प्रस्तुत गरेका थिए। 

न्यौपानेले कार्यक्रममा यस्तै प्रतिकात्मक तस्वीर देखाएर झण्डै एक घण्टा पुराण सुनाएका थिए, पत्रकारसमेतलाई। तर, माथिको तस्वीर भने प्रतिकात्मक होइन, वास्तविक हो। बाटोको किनारा रंग्याउनेले कति मायाँ गरेको धुलोलाई ! यसो एक ठाउँमा बटुलिएको देखिन्छ। र, त्यसलाई दुःख्ला झैँ गरी जतन गरेर राखिएको छ। यता उता हुर्याउने काम पनि त गर्न सक्थे होलान् यी रंग्याउनेहरु। तर, उनीहरुले सरक्क बढारेर आफ्नो कर्म पूरा गरे। किनारा सेतो पार्दे। अनि, फर्कि नहेरी हिँडे। भोलिपल्ट त्यो किनारा जेब्रा कलर गरियो। सेतो र कालो पार्न अर्कै मान्छे आए। र, रेलिङसहित र रङ्ग्याएर गए। 

अब यो धूलो कसले उठाउला ? महानगरले वा सडक विभागले ? अथवा बाटो रंग्याउने ठेक्का पाएका ठेकदारले? जसले उठाए पनि उठे त भयो। नभए त्यो धूलोले पनि त हामीलाई माया गर्छ नि ! हिंड्ने त्यही बोटो हो। नहिँडे पनि चैत लाग्न लाग्यो हुरीले घरघरमा ल्याइदिहाल्छ। जसरी हामीले त्यो धूलोलाई जतन गरेका छौँ त्यसरी धूलोले पनि त गुन त तिर्नै पर्‍यो नि, होइन ?

महानगरका प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले धूलोले सबैभन्दा बढी माया पत्रकारलाई नै गर्छ भनेर व्यंग्य गरेका थिए, कार्यक्रममा। उनले भनेका थिए, ‘धूलो खाने पहिलो व्यक्ति पत्रकार नै हो। (हाँस्दै) सफा टेम्पो चढेर यता उता कुद्ने पत्रकारै हुन्। ह्वारह्वारती धूलो पत्रकारकै मुखमा छिर्छ। त्यसैले धूलोलाई मायाँ गर्नेहरु सबैलाई सचेत गराउने पहिलो काम पनि पत्रकारकै हो।’ न्यौपानेले दृष्य देखाउँदै धूलो देख्यो कि छाति खोलेर समाचार लेख्नू समेत भनेका थिए। उनले धूलो कहाँबाट कसरी आउँछ भनेर बुदाँगत रुपमा भने।

यसरी, सडकको धूलो, गाडीको टायरले बोकेर ल्याउने धूलो, खेतवारीको धूलो, मेघसँगै उडेर आउने राजस्थानको धूलो, निर्माण सामाग्री बाटोमा थुपारेर चैत वैशाखको हुरी वा बर्खे भेलको मुख हेरेर बस्ने घरवालाले थुपारेको धूलो, ठेकेदारले छोडेको धूलो, ठाउँ–ठाउँमा सडक भ्वाङ पार्नेहरुले निकालेको धूलो।

धूलोबारे लामै व्याख्या गरेका न्यौपानेले धूलो स्वास्थ्यका लागि कति हानीकारक छ भन्ने कुरा काठमाडौंमा घरै पिच्छे खुलेका अस्पतालबाट पनि जान्न सकिने बताए। रोगी नभएको ठाउँमा अस्पताल किन चाहिन्छ र ? जहाँ रोगी धेरै छन् त्यहीँ खुल्ने त हुन् अस्पताले। ती अस्पतालबाट निस्किने फोहोर बालेको धूलो त कति घातक छ, भनि साध्यै छैन।

जाडो याममा दाउरा बालेर बस्नेहरुले पनि धूलो उत्पादन गर्छन्। कतिपयले त फोहोरै बोलर बस्दिन्छन्। उनले भने, ‘मैले अहिले देखिएको समस्या भनेको हुँ। तर, धूलो महानगरले ब्रुमर लगाएर वा बढारेर नियन्त्रण हुँदैन। त्यसका लागि हामीले धूलोको माया मार्नु पर्ने हुन्छ। घरबेटीले कहिलेदेखि धोक्रामा यसको टुक्रा नि चाहिन्छ, त्यसको टुक्रा भोलि चाहिएल भनेर धोक्रामा हालेर राखिरहेकै हुन्छन्। त्यसलाई व्यवस्थापन गर्न आवश्यक ठान्दैनन्। अनि कसरी छोड्छ धूलोले हामीलाई ?’

काठमाडौं महानगरले गरेको अन्तरक्रिया कार्यक्रममा सुनाएका थिए, उनले यी कुरा। यसलाई हामीले प्रतिकात्मक रुपमा धूलो पुराण भनेर लेखेका हौं। न्यौपानेले कार्यपत्र प्रस्तुत गर्दा धूलो र हाम्रो व्यवहारलाई चित्रण गरेका हुन्। उनलाई कार्यत्रपत्र राख्न दिइएको विषय थियो, ‘शहरी क्षेत्रमा सरसफाइको स्थिति र आवश्यकता’। उनले धूलो मात्रै होइन धुँवा र फोहोरको अवस्थाबारे पनि विभिन्न तथ्यहरु पेश गरेका थिए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ