arrow

पराजुलीका कथासङ्ग्रह ‘कुमाता’ बजारमा आउदै

logo
प्रकाशित २०७६ फागुन १७ शनिबार
kumata-parajuli.jpg

भरतपुर। पत्रकार वसन्त पराजुलीको ‘कुमाता’ कथासङ्ग्रह यसै हप्ता बजारमा आउने भएको छ। सामाजिक यथार्थवादी विषय वस्तुहरु समेटेर तयार पारिएको पराजुकीका कथासङ्ग्रहलाई भुँडिपुराण प्रकाशन प्रालीले बजारमा ल्याउन लागेको हो। अहिले पुस्तकको छपाईको काम सकेर ब्यान्डीङको काम भै रहेको प्रालीका प्रवन्ध निर्देशक केशव पराजुलीले जानकारी दिए। “हामी एक हप्ता भित्रै बजारमा ल्याउने गरि गृहकार्य गरि रहेका छौ”, उनले भने। 

‘कुमाता’मा सङ्ग्रहीत दस कथाहरु फरकफरक विषयवस्तुका छन्। कथाहरुले नेपाली समाजलाई जीवन्तरुपमा उतार्ने प्रयास गरिएको पत्रकार एवं कथाकार वसन्त पराजुलीले जानकारी दिए। “कथामा समेटिएका विषयवस्तु र पात्रहरु हाम्रै छर छिमेक र समाजमा घटेका घटना जस्ता लाग्छन् त्यसलैले कुमाता कथासङ्ग्रह भित्रको कथाहरु हरेक ब्यक्तिले आफ्नै समस्या हो कि भन्ने महशुष गर्छ”, पराजुलीले भने।

गरिबी, बैदेशिक रोजगारी, प्रेम, विश्वास, यौन, धोका, जेल जस्ता सन्दर्भहरु कथाका वरिपरि रहेका छन्। यी कथाहरुले कतिपय समाजमा देखिएका र कतिपय नदेखिएका सत्यलाई पनि उजागर गरेका छन्। विभिन्न कारणले दुःख पाएका र गल्ती महसुस गरेका केही पात्रहरु भने सचेतना अभियानमा लागेर सकारात्मक सन्देश प्रवाह गर्न खोजिएका छन्।

बरिष्ठ सहित्यकार एवं लघु कथा समाजका अध्यक्ष ओम श्रेष्ठ रोदनले कथासङ्ग्रहमा भूमिका लेख्दै मानवीय जीवनका महत्वपूर्ण पाटालाई गतिलोसँग केलाउन कथाकार सक्षम देखिएका बताएका छन्। उनी लेख्छन्, “अधिकाँश कथामा पुरुष बैदेशिक रोजगारीमा गएका, विश्वासघात गरेका देखाइएका छन् भने नारी पात्रले छिटो विश्वास गर्ने गरेका, धोका पाएका र यौनकुण्ठा देखाइएका छन्”

कथाका विषयवस्तु र परिवेशलाई सहज र सम्प्रेषणीय बनाइएकाले पनि पराजुलीका कथाहरु आधुनिक नेपाली कथाको मार्गमा नयाँ गोरेटो बनेको पनि उनले बताए। १० वटा कथामा ११२ पेजको कथासङग्रहको मूल्य दुई सय रुपियाँ कायम गरिएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ