arrow

चार हजार आप्रवासी ग्रीसको टर्कीसँगको सीमा क्षेत्रमा रोकिए 

logo
एएफपी,
प्रकाशित २०७६ फागुन १७ शनिबार
greece-refugee-turkey.jpg

एथेन्स। ग्रीसले शनिबार हजारौँ आप्रवासी शरणार्थीलाई आफ्नो सीमा पार गरी यूरोप प्रवेश गर्न रोकेको छ । ग्रीक अधिकारीहरूले टर्की हुँदै गैरकानूनीरूपमा ग्रीस जाने उनीहरूलाई रोक लगाएको हो। सिरियामा हिंसात्मक गतिविधि बढ्न थालेपछि टर्की हुँदै यूरोप प्रवेश गर्ने अधिकांश सिरियाली विद्रोही रहेका अनुमानहरू गरिएका छन्।

“संगठित, सामुहिक तथा गैरकानूनीरूपमा हाम्रा सीमा क्षेत्रमा आक्रमण बढाएको र अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गरेको छ आरोपमा “ग्रीसले शुक्रबारदेखि सीमालाई बन्द गरेको छ,” सरकारका प्रवक्ता स्टेलियस पेट्सासले प्रधानमन्त्रीसँग शनिबार भएको आकस्मिक बैठकमा भने। उनले प्रधानमन्त्रीलाई बताए, “हामीले ग्रीसको सीमा क्षेत्रमा करिब चार हजारभन्दा बढी आप्रबासीलाई गैरकानूनी रूपमा प्रवेश गर्नबाट रोक लगाएका छौँ।” 

ग्रीसले सीमालाई कडाइ गरेपछि सीमाक्षेत्रमा ग्रीक प्रहरी र आप्रबासी तथा शरणार्थीबीच शनिबार झडपहरू भएको बताइएको छ। सिरियाको इदलिब प्रान्तमा रूसको सहयोगप्राप्त सिरियाली सेना र टर्कीको सेनाबीच द्वन्द्व बढेपछि सिरिया छोडी यूरोप प्रवेश गर्न खोज्न आप्रबासीको सङ्ख्या ह्वात्तै बढेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ