arrow

पुलवामा आक्रमणका एक आरोपी पक्राउ

logo
प्रकाशित २०७६ फागुन १७ शनिबार
pulawama.JPG

कश्मीरको पुलवामा मुद्दाका आरोपी एक जनालाई एनआईएले पक्राउ गरेको छ । एनआईएले २२ वर्षीय एक भोर ग्राउन्ड वर्करलाई पक्राउ गरेको बताइएको छ । उनी पाकिस्तानी आतंकवादी समूह जैश ए मोहब्बतसंग आवद्ध आतंकवादी रहेको बताइएको छ । 

उनी २२ वर्षीय जम्मू–कश्मीरमा फर्निचर पसल खोलेर बसेका शकिर बशिर मार्गे हुन् । 

उनले सुसाइड बम्बर अदिल अहमद डारलाई आश्रय दिएको र तार्तिक सहयोग समेत प्रदान गरेको आरोपमा पक्राउ गरिएको हो । माग्रेले पक्राउ परेपछि आफ्नो प्रारम्भिक सोधपुछका क्रममा थुप्रै पटक पुलवामा आक्रमणमा संलग्न आतंकवादीहरुलाई हतियार, गोलाबारुद र विष्फोटक पदार्थ पुर्याउने काम गर्दथे । 

माग्रेले फेब्रुअरी १४ को आक्रमण नभएसम्म अदिल अहमद डार र पाकिस्तानी आतंकवादी मोहम्मद उमर फारुकलाई आफ्नो घरमै बन्दी बनाएर राखेका थिए । उनले नै उनीहरुलाई विष्फोटक उपकरण बनाउन मद्धत गरेको बताएका छन् । उनी सन् २०१९ को फेब्रुअरीको पहिलो साता मारुती इको कार परिमार्जन गर्न र विष्फोटक उपकरण फिट गर्नमा सामेल भएका थिए । 

त्यसैगरी अहिले यो पनि पत्ता लागेको छ कि ४० जना भारतीय सुरक्षाकर्मीको ज्यान लिएको उक्त पुलवामा आक्रममा प्रयोग गरिएको विफोटक पदार्थ फरेन्सिक अनुसन्धानबाट अमोनियम नाइट्रेट, नाइट्रो ग्लिसिरिन र आरडी एक्स को प्रयोग भएको बताइएको छ । 

अनुसन्धानका क्रममा उक्त सुसाइट बम्बर (आत्मघाती) मुद्धासिर अहमद खान रहेको पनि बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ