- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, एसिया प्यासिफिक शैक्षिक संजाल (एएसपीबीएपी) र नेपाल दिगो विकास फोरमको सहकार्यमा दिगो विकास लक्ष्य ४ को राष्ट्रिय कार्ययोजना माथीको स्वस्तस्फुर्त राष्ट्रीय समिक्षा सम्बन्धी खुल्ला छलफल कार्यक्रम काठमाडौं मा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा गुणस्तरिय सार्बजनिक शिक्षा प्रणालीका पक्षमा क्रीयाशिल एसिया प्यासिफिक क्षेत्रका १५ राष्ट्रका ५० जना अभियानकर्मीहरुको सहभागितमा रहेको थियो ।
नेपालबाट राष्ट्रिय योजना आयोगकी सदस्य नेपालबाट डा उषा झा मानवअधिकारकर्मी गौरी प्रधान, विभागका निर्देशक डा तुलसी थपलिया, शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका अध्यक्ष डिल्लीराम सुवेदीले आफ्नो विचार राखेका थिए ।
एएसपीबीएपका अध्यक्ष नानी, महासचिव मारीया खान, जिपिइ प्रतिनिधी हेलेनले शिक्षाको विश्वब्यापी एवम् क्षेत्रीय अवस्था र चुनौती एवम नेपाल जस्ता राष्ट्र्ले अबलम्बन गर्नुपर्ने रणनितीबारे प्रस्तुति गरेका थिए ।