arrow

लिभरपुलको अपराजित यात्रा टुंगियो, यसरी भोग्यो लज्जास्पद हार 

logo
प्रकाशित २०७६ फागुन १८ आइतबार
25369536-8060489-image-a-71.jpg

काठमडौं । अन्ततः इंगलिश प्रिमियर लिग फुटबलमा लिभरपुलको अपराजित यात्रा टुंगिएको छ । लिभरपुलले सिजनको पहिलो हार ब्यहोरेको छ ।

शनिबार राति भएको खेलमा रेलिगेशन जोनबाट बच्न संघर्षरत वाटफोर्डले लिभरपुललाई ३–० को फराकिलो अन्तरले हराएको हो ।

ईस्माइला सर्रले दुई तथा कप्तान ट्रोय डेनीले एक गोल गरेपछि लिभरपुलको सिजनको अपराजित यात्रामा पूर्णविराम लागेको हो ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा घरेलु टोली वाटफोर्डले दोस्रो हाफमा तीन गोल गरेको थियो ।

सर्रले ५४ औं मिनेटमा गोल गर्दै वाटफोर्डलाई सुरुवाती अग्रता दिलाएका थिए । ६० औं मिनेटमा उनैले घरेलु टोलीको अग्रता दोब्बर बनाए ।

कप्तान डेनीले ७२ औ मिनेटमा गोल गर्दै वाटफोर्डको शानदार जित सुनिश्चित गरेका थिए । 

लिभरपुलले प्रियिमर लिगका पछिल्ला १८ खेलमा जित निकालेको थियो । वाटफोर्डबिरुद्ध जित निकाल्दै प्रिमियर लिग ईतिहासमा सर्वाधिक लामो जितको कीर्तिमान बनाउने अवसरबाट पनि चुकेको छ लिभरपुल ।

 प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडसंग बराबरी खेलेपछि लिभरपुल अपराजित थियो । 

शनिबारका अन्य खेलको नतिजा
ब्राइटन एन्ड हब आल्बियन ०–१ क्रिस्टल प्यालेस
बर्नमाउथ २–२ चेल्सी
न्युकासल युनाइटेड ०–० बर्नली
वेष्टह्याम युनाइटेड ३–१ साउथह्याम्पटन 

अंक तालिका
प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुललाई २२ अंकको अग्रता प्राप्त छ । लिभरपुलको २८ खेलबाट ७९ अंक छ । दोस्रो स्थानको म्यान्चेस्टर सिटीको ५७ अंक छ । लेस्टर सिटीको ५० तथा चेल्सीको ४५ अंक कछ । 

नर्विच सिटी सबैभन्दा पुछारमा छ २१ अंकसहित । एस्टन भिल्लाको २५ तथा बर्नमाउथको २७ अंक छ त्यस्तै वाट्फोर्ड र वेष्टह्यामको पनि समान २७ अंक छ । वाट्फोर्डले जारी लिगको सबैभन्दा ठूलो सफलता हासिल गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ