arrow

'धूम ४'मा सलमानसँग 'वाणी'

logo
प्रकाशित २०७३ वैशाख ९ बिहिबार
sallu-vaani.jpg.jpeg
एजेन्सी । अभिनेत्री वाणी कपूरको करियरले बलिउडमा अब नयाँ  उचाई लिने भएको छ । सन् २०१३ मा 'शुद्ध देसी रोमान्स'बाट बलिउडमा अभिनय सुरु गरेकी वाणी कपूरले आदित्य चोपड़ाको निर्देशनमा बन्दै गरेको चलचित्रमा रणवीर सिंहसँग देखिनेछिन् ।
 
हिन्दुस्तान टाइम्सका अनुसार वाणी कपूरसँग यशराज फिल्म्सको एउटा ठूलो प्रोजेक्ट 'धूम ४' को लागि सम्झौता भएको छ । 'धूम ४'  मा सलमान ख़ान स्टाइलिश भिलेनको भुमिकामा देखिने छन् । वाणी सो चलचित्रमा  सलमानसँगको रोमान्समा देखिनेछिन‍् ।
 
केही समय पहिले आएको समाचारमा  सलमानले दुई-दुई चलचित्रमा खलनायकको  भूमिका निर्वाह गर्ने बताइएको थियो । भारतीय सञ्चार माध्यमका अनुसार सलमान ख़ान यशराज फिल्म्सको  'धूम ४' र रमेश तोरानीको चलचित्र 'रेस ३' मा स्टाइलिश भिलेन बन्ने भएका छन् । 
 
'रेस ३' मा सलमानले काम गर्ने लगभग पक्का भएको छ भने 'धूम ४' को लागि सलमान र यशराज फिल्म्सबीच आर्थिक हिसाव भइरहेको छ । सलमान यशराज फिल्म्सबाट चलचित्रको फाइदाको हिस्सा लिन चाहान्छन् । जसरी 'धूम ३' मा आमिर ख़ानलाई अफर आएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ