arrow

कोरोना भाइरस ५७ देशमा, तीन हजारको मृत्यु, अमेरिकामा पनि लियो ज्यान 

८५ हजार भन्दा बढी संक्रमित

logo
प्रकाशित २०७६ फागुन १८ आइतबार
corona-patient.jpg

काठमाडौं । महामारीकै रुपमा फैलिएको कोरोना भाइरसले कम्तीमा तीन हजार जनाको ज्यान गइसकेको छ । 

तीमध्ये अधिकांश चिनियाँ नागरिक हुन् । चीनको वुहानबाट फैलिएको कोरोनाले विश्व नै आत्तिएको छ । 

यसबाट बच्नका लागि विभिन्न उपायहरु अपनाइएका छन् । यद्यपि अमेरिकामा कोरोना भाइरसका कारण एकजनाको मृत्यु भएको छ ।

स्थानीय स्वास्थ्य अधिकारीले शनिबार वाशिङ्टनको किङ्ग्स काउन्टीमा ५० वर्षीय एक व्यक्तिको मृत्यु भएको जानकारी दिएका हुन् । 

उनी कुनै पनि संवेदनशिल क्षेत्रको भ्रमणसमेत नगरेका व्यक्ति भएको बीबीसीले लेखेको छ । 

कोरानाले अहिलेसम्म ५७ देशमा आक्रमण गरिसकेको छ । 

८५ हजार भन्दा बढीलाई संक्रमण देखिइसकेको छ । 

नेपालमा आधिकारिक रुपले एक जनामात्र संक्रमित भेटिए पनि कयौं संक्रमित भएको हुन सक्ने आशंका गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ