arrow

मोडल खुश्बु ओली दुई वर्षे जेल

logo
प्रकाशित २०७६ फागुन १८ आइतबार
khusbu-oli.jpg

काठमाडौं । मोडल खुश्बु ओलीलाई दुई वर्षे जेल सजाय सुनाइएको छ । काठमाडौं जिल्ला अदालतले चेक बाउन्स (बैंकमा पैसा नभई चेक दिने) मुद्दामा ओलीलाई बिगोबापत दुई वर्ष जेल सजाय ठहर गरेको हो । 

गत जेठ ७ मा अदालतले ओलीलाई चेक अनादर मुद्दामा ३६ लाख बिगोसहित ३ महिना कैद, ३ हजार रूपैयाँ जरिवाना ठहर गरेको थियो। 

अदालतले नौ महिनाअघि गरेको फैसलाअनुसार उनले बिगो रकम नतिरेपछि कानुनअनुसार थप दुई वर्ष कैद तोकिएको हो। 

जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले ओलीलाई बिगोसहितको जरिवाना तिराउने फैसला गरेको थियो। सोही इजलासले शुक्रबार बिगोबापतको रकममा कैद तोकेको हो।

सप्तारीका गोपालबहादुर कट्वालले २०७४ साउन २९ मा मोडल ओलीले दिएको चेक बाउन्स भएको भन्दै अदालतमा मुद्दा दर्ता गरेका थिए। 

लेनदेनको क्रममा मोडल ओलीले कट्वाललाई चेक दिएकी थिइन्। कुमारी बैंकको ३६ लाख रुपैयाँको चेक दिएर बैंकमा पैसा नभएपछि उनले चेक अनादरमा मुद्दा दर्ता गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ