arrow

बास्कोटा टेप काण्डमा सरकारको नियतमा देउवाको प्रश्न

logo
प्रकाशित २०७६ फागुन १८ आइतबार
deuba-cabinet.JPG

काठमाडौं। प्रतिपक्षी दल नेपाली कांगरेसका सभापति शेर बहादुर देउवाले पुर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको अडियो टेपबारे समसदमा जिज्ञाशा राख्नुका साथै प्रश्न पनि गरेका छन्। छानविन अगाडि नबढ्नुमा सरकारको नियतमा देउवाले प्रश्न गरेका छन्।

उक्त टेपमा बास्कोटाले ‘हामी’ भनेको को-को हो भन्ने प्रश्न देउवाले गरेका छन्। त्यसैगरि देउवाले बासकोटाको टेप काण्डबाट ध्यान मोड्न श्वेतपत्र आएको र उक्त श्वेतपत्रमा आफ्नो नाम मुछिएको बताए। उक्त श्वेतपत्र गलत नियतले आएको र सरकारले छानबिन गर्नुको साटो उल्टै ध्यान मोड्न लागेको बताए।

अडियोमा कति आउँछ भनेर प्रष्टै भनिएको ठाउँमा ‘हामी’ भनेको को–को हुन् खुल्नुपर्ने उनको माग छ। उक्त अडियोमाथि छानबिन नगरी प्रधानमन्त्रीले नक्कली बताएको भन्दै उनले ध्यानाकर्षण गराए। देउवाले भने, ‘त्यो अडियोको छानबिन गर्नुअघि नै अडियो नक्कली भएको बताउनुभयो। छानबिनभन्दा पहिल्यै निर्णय दिनु भयो। यसले तपाईंको विश्वसनियता कमजोर भएन?’

आइतबार उनले प्रतिनिधि सभा बैठकमा छानविन अगाडि नबढ्नुको नियत के हो भनेर प्रश्न गरेका हुन्।

बाँस्कोटा र स्वीस कम्पनीको एजेन्टबीच सेक्युरिटी प्रेस खरिद गर्ने विषयमा कमिसनका लागि बार्गेनिङ गरेको अडियो गत साता सार्वजनकि भएको थियो। लगत्तै बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ