arrow

मिचिएको भुमि फिर्ता माग्दै प्रशासन अगाडि एक्लै अनशनमा

जोर गते जोर घण्टा र बिजोर गते बिजोर घण्टा अनशन बस्ने

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७६ फागुन १८ आइतबार
chandra-dev.jpg

दार्चुला । मिचिएको नेपाली भुमि लिपुलेक, लिम्पियाधुरा र कालापानी फिर्ताको माग राख्दै बैतडीका एक युवाले जिल्ला प्रशासन कार्यालय दार्चुला अगाडी रिले अनशन सुरु गरेका छन् । बैतडी जिल्ला दशरथ चन्द नगरपालिका ९ ग्वाल्लेकका चन्द्रदेब जोशीले ३ बुँदे माग राख्दै जिल्ला प्रशासन कार्यालय अगाडि अनशन सुरु गरेका हुन् ।

पछिल्लो समय भारतले नेपाली भुमि आफ्नो नक्सामा जारी गर्दा समेत सरकारले केही पहल नगरेको भन्दै सांकेतिक स्वरुप रिले अनशन सुरु गरेको उनले बताए । उनले तीन बुद्धे माग राख्दै अनशन सुरु गरेका छन् ।

नेपाल सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा सार्वजनिक गर्नुपर्ने, अरु देशसँग सिमाना जोडिएका सबै ठाउँमा तत्काल नेपाली सेना राख्नुपर्ने र सीमा विवादका विषयमा दुई देशका सरकार प्रमुखबिच छलफल गरी निष्कर्षमा पुग्नुपर्ने लगायतका मागहरू राखेर अनसन सुरु गरेको उनले बताए ।

उनले भने, ‘मिचिएको सीमा फिर्ताका लागि सरकारको ध्यानाकर्षण गर्न रिले अनशन बसेको हु, तत्काल सरकारले मिचिएको भुमि रक्षाका लागि पहल चालोस् ।’ जोर गते जोर घण्टा र बिजोर गते बिजोर घण्टा अनशन बस्ने उनको भनाइ छ ।

जोशीले यस अघि आफ्नो गृह जिल्ला बैतडीमा ३ दिन अनशन बसिसकेका छन् । आइतवार देखी दार्चुलामा अनशन सुरु गरेका जोशी मंगलवार सम्म दार्चुला र त्यसपछि कैलाली हुँदै काठमाण्डौँ जिल्ला प्रशासन अगाडि समेत अनशन बस्ने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ