arrow

आफ्ना सबै चलचित्रमा श्रीदेवीलाई राख्न चहान्थे जितेन्द्र

logo
प्रकाशित २०७६ फागुन १८ आइतबार
jeetendra_sridevi.jpg

एजेन्सी । जितेन्द्र आफ्नो प्रत्येक चलचित्रमा श्रीदेवीसँग अभिनय गर्न रुचाउने गरेका थिए । सो कुरा शक्ति कपूरले बताएका हुन् । शक्ति कपूर र श्रीदेवीको पहिलो भेट सन् १९८३ मा  चलचित्र 'हिम्मतवाला' को सेटमा भएको थियो ।

राजमुन्दरीमा चलचित्रको बाहिरि सुटिङ चलिरहेको थियो ।   श्रीदेवी आमा बहिनिसँग सेटमा पुगेकी थिइन् । उनि हिन्दि बोल्न खासै नजानेकाले अंग्रेजीमा कुरा गर्थिइन् ।  उनि अन्य अभिनेत्रि जस्तो थिइनन् । उनि सेटका सहयोगिसँग कुरा गर्थिइन् र आफ्नो डाइलग्स पढ्न व्यस्त हुन्थिइन् ।

सो समय  जितेन्द्रले  श्रीदेवीको प्रदर्शन निकै रुचाए । साथै उनले निर्देशक  के. राघवेन्द्र रावसँग आफ्ना सबै चलचित्रमा श्रीदेवीलाई राख्न अनुरोध गरे ।  सोहि कारण 'हिम्मतवाला' पछि रावले दुवैलाई सन् १९८३ मा चलचित्र 'जानी दोस्त' ,  १९८३ मै  'जस्टिस चौधरी' , १९८४ मा  'तोहफा' मा सँगै अभिनय गराए ।

यस बाहेक दुवैले १९८६ मा चलचित्र  'सुहागन' र  'धर्म अधिकारी'  सन् १९८८ मा   'दिल लगाके देखो' जस्ता चलचित्रमा अभिनय गरेका छन् । श्रीदेवीको जन्म १३ अगस्ट १९६३ मा तमिलनाडुको शिवकासीमा भएको हो ।

चलचित्रमा आउनुभन्दा पहिले जितेन्द्रलाई रवि कपुरको नामबाट चिनिन्थे । उनलाई यो नाम वी शान्तारामले दिएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ