arrow

विश्वका ६४ मुलुकमा कोरोनाको सङ्क्रमण, करिब तीन हजारको मृत्यु

logo
एएफपी
प्रकाशित २०७६ फागुन १८ आइतबार
china-jail-corona.jpg

पेरिस । आइतबार अपरान्ह्सम्म कोरोना भाइरसको सङ्क्रमण विश्वका ६४ मुलुकमा भेटिएको छ ।

विभिन्न मुलुकका आधिकारिक स्रोतहरूबाट एएफपीले लिएको तथ्याङ्क अनुसार आइतबारसम्म विश्वभर दुई हजार ९९० जनाको यस भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ भने कूल ८७ हजार ५६५ जनामा भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

शनिबार साँझ ५ बजेपछि आइतबार अपरान्ह्सम्म थप एक हजार ६४६ थप व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ ।

कोभिड–१९ भनिने उक्त भाइरसको सङ्क्रमण मकाउ तथा हङकङबाहेक मुख्यभूमि चीनमा कूल ७९ हजार ८२४ जनामा पुष्टि भएको छ भने । त्यहाँ कूल दुई हजार ८२४ जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ । चीनमा शनिबार ५ बजेदेखि आइतबार ११ बजे (ग्रीनवीच समय) सम्ममा ५७३ जना नयाँ विरामीमा सङ्क्रमण पुष्टि भएको छ भने ३५ जनाको सङ्क्रमणपछि उपचारका क्रममा मृत्यु भएको छ ।
 
अहिलेसम्म चीनबाहिर कूल सात हजार ७४१ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ भने कूल १२० जनाको मृत्यु भएको छ ।

यो समय (शनिबार ५ बजेपछि) मा चीनबाहिर करिब एक हजार ७३ नयाँ विरामीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । चीनपछि सबैभन्दा बढी प्रभावित मुलुकहरूमा दक्षिण कोरिया, इटली, इरान र जापान रहेका छन् ।

दक्षिण कोरियामा अहिलेसम्म कूल तीन हजार ७३६ जनामा सङ्क्रमण भएको र अघिल्लो दिनभन्दा ५८६ थप व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ भने कूल १८ जनाको मृत्यु भएको छ । इटलीमा कूल एक हजार १२८ जनामा सङ्क्रमण भएको र अघिल्लो दिनभन्दा थप सङ्क्रमण नभएको र कूल २९ जनाको मृत्यु भएको छ ।

त्यस्तै इरानमा चीनबाहिर सबैभन्दा बढी अर्थात् कूल ५४ जनाको मृत्यु भएको छ भने सङ्क्रमितको सङ्ख्या आइतबारसम्म थप ३८५ पुगेको र इरानमा कूल ९७८ व्यक्तिले सङ्क्रमणपछि उपचार सेवा लिइरहेको बताइएको छ । जापानमा कूल २३९ व्यक्ति सङ्क्रमित भई उपचार गरिरहेका बताइएको छ भने कूल ११ जनाको मृत्यु भएको छ । यद्यपि इरानबाट सरकारी अधिकारीले उपलब्ध गराएको तथ्याङ्को निकै धेरै गुणा भाइरस सङ्क्रमणका कारण मृत्यु भएको कतिपय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

 जापानमा विगत २४ घण्टामा थप नौजनामा सङ्क्रमणको पुष्टि भएको छ । जापानको अर्को छुट्टै स्थान जहाँ डायमण्ड प्रिन्सिेस नामक पानी जहाजमा योकोहामा बन्दरगाह नजिकै रोकिएको जहाजमा ७०० जनामा सङ्क्रमण भएको अधिकारीहरूले बताएका छन् ।

 तथ्याङ्क सम्बन्धित देशका विश्वसनीय तथा आधिकारिक संस्था तथा विश्वस्वास्थ्य संगठनको सहयोगमा एएफपीले लिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ