arrow

सङ्ख्या नपुगेपछि बैठक स्थगित, सोमबार बस्दै

logo
रासस,
प्रकाशित २०७६ फागुन १८ आइतबार
sapkota1.JPG

काठमाडौं । गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको आइतबारको बैठक स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०७६’ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्न लाग्दा नेपाली कांग्रेसका सांसद प्रकाश रसाइलीले गणपूरक सङ्ख्या नपुगेको भन्दै नियमापत्ति गरे ।

नेपालको संविधानको धारा ९४ अनुसार कुनै पनि प्रश्न वा प्रस्ताव दर्ता निर्णयार्थ पेश गर्न प्रतिनिधिसभाको एक चौथाइ सदस्य उपस्थित भएको हुनुपर्ने व्यवस्था छ ।

सो व्यवस्थाअनुसार तीन मिनेट घण्टी बजाई गणपूरक सङ्ख्या एकिन गर्दा ६९ सांसद उपस्थित हुनुपर्नेमा ५४ मात्रै उपस्थित भएपछि ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०७६’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत हुन सकेन ।

गणपूरक सङ्ख्या नभएपछि कार्यसूचीमा रहेका सबै प्रस्ताव हटाइएको सभामुख सापकोटाले सदनलाई जानकारी गराए । प्रतिनिधिसभाको अर्को बैठक भोलि सोमबार दिउँसो १ बजे बस्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ