arrow

धुर्मुसको 'सेन्टी भाइरस'ले कति कमायो ?

logo
प्रकाशित २०७६ फागुन १८ आइतबार
senti-virus.jpg

काठमाडौं । हाँस्यकलाकार एवं सामाजिक अभियन्ताहरु सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरेको चलचित्र ‘सेन्टी भाइरस’ ले राम्रो कमाइ गरिरहेको छ । चलचित्रले दोश्रो साताको शनिबारसम्म आइपुग्दा ४ करोड ग्रस कलेक्शन गरेको छ ।  

चलचित्रले काठमाण्डौमा २ करोड १० लाख ३ हजार र काठमाण्डौ बाहिर १ करोड ९० लाख ५ हजार ग्रस कलेक्शन गरेको काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै वितरक गोविन्द शाही र सिताराम कट्टेलले जानकारी दिएका छन् ।

चलचित्रको कुल लगानी २ करोड ८५ लाख हो । जसमा ओभरसिज  १ करोड १५ लाखमा विक्री गरेको थियो भने ४५ लाख यसको डिजिटल राइट्स थियो ।

चलचित्रमा धुर्मुस-सुन्तलीसँगै दयाहाङ राई, बुद्धि तामाङ, विल्सन बिक्रम राई, कमलमणि नेपाल, राजाराम पौडेल, वसन्त भट्ट, सूर्यमाला खनाल लगायतको अभिनय छ ।

रामबाबु गुरुङको निर्देशनमा रहेको चलचित्र ‘सेन्टी भाइरस’मा राजनराज शिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कुमार कट्टेल र दीपक आचार्यको लेखन रहेको छ ।

यस्तै डिन्डु लामा निर्माताको रुपमा रहँदा फूर्पा लामा सह–निर्माताको रुपमा छन् । ‘सेन्टी भाइरस’ले दिने मुनाफाको ५० प्रतिशत सामाजिक कार्यमा लगाउने निर्माण पक्षले यसअघि नै घोषणा गरिसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ