arrow

सातौ प्राचिन कपिलवस्तु महोत्सव चैत २१ बाट

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७६ फागुन १८ आइतबार
taulihawa2.jpg

कपिलवस्तु ।  कपिलवस्तुको सदरमुकाम तौलिहवामा सातै प्राचिन कपिलवस्तु महोत्सव लाग्ने भएको छ । तौलिहवा उद्योग वाणिज्य संघले लगाउदै आएको महोत्सव यस वर्ष पनि संघले नै लगाउने निर्णय गरेको छ ।

सातौ प्राचिन कपिलवस्तु महोत्सव चैत २१ देखी २०७७ बैशाख २ गते सम्म चल्ने सचिवालय गठन भई मिति तय गरेको महोत्सवका संयोजक एवं तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादिन कुर्मीले बताए ।

 महोत्सवमा कृषि , पर्यटन , स्थानीय कला सस्कृति लगायतको क्षेत्रमा विशेष रुपले प्रचार गरिने संघका महासचिव अर्जुन चापागाईले बताए ।

जिल्लाका स्थानीय कलाकार तथा स्थानीय संस्कृतिको प्रवर्धनको लागी मेलाले सहयोग पुग्ने समेत चापागाईले बताए ।

तौलिहवामा रातिमा मेला लाग्ने हुंदा दिनभरको कामको थकान मेट्नको लागी स्थानीय जिल्ला तथा छिमेकी जिल्ला तथा भारत वाट दर्शकहरु आउने गर्दछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ