arrow

भारतीय क्रिकेटमा ‘मर्दलाई दर्द’

न्यूजिल्याण्डसंग एक दिवसीय र टेष्ट क्रिकेटमा क्लिन स्वीप हार

logo
प्रकाशित २०७६ फागुन १९ सोमबार
india-cricket-test.jpg

काठमाडौं । बलिउड चलचित्रमा निकै चर्चित डाइलग आउँछ –‘मर्द को दर्द नहीं होता ।’ अर्थात् पुरुषलाई पीडा हुँदैन । तर भारतीय पुरुष क्रिकेट टिम भने यतिबेला पीडाले छट्पटाइरहेको छ । 

न्यूजिल्याण्ड भ्रमणमा रहेको भारतले एक दिवसीय क्रिकेट पछि टेष्ट क्रिकेटमा पनि क्लिन स्वीप हारको सामना गरेको छ । 

भारतले एक दिवसीय सिरिज ३–० को अन्तरले हारेको थियो भने टेष्ट सिरिज २–० को अन्तरले हारेको छ । 

सोमबार बिहान भएको दोस्रो तथा अन्तिम टेष्ट भारतले ७ विकेटले गुमायो । क्राइस्टचर्चमा भएको खेलमा १३२ रनको विजयी लक्ष्य पाएको न्यूजिल्याण्डले ३ विकेटको नोक्सानीमा ३६ ओभरमा पुरा गर्यो । 

भारतले पहिलो इनिङमा २४२ रन बनायो । न्यूजिल्याण्ड २३५ रनमा रोकियो । पहिलो इनिङमा ७ रनले अघि रहेको भारतले दोस्रो इनिङमा १२४ रन मात्रै बनायो । न्यूजिल्याण्डले सहज चुनौती पुरा गर्यो । 

पहिलो टेष्ट न्युजिल्याण्डले १० विकेटले जितेको थियो । 

पहिलो इनिङमा कायल जेमाइसनले ५ तथा दोस्रो इनिङमा ट्रेन्ट बोल्टले ४ विकेट लिए । जमाइसन प्लेयर अफ द म्याच भए । टिम साउथी प्लेयर अफ द सिरिज भए । 

१८ सालपछि भारतले सबैभन्दा खराव प्रदर्शन गरेको हो । 

आइसीसी वल्ड च्याम्पियनसिप अंक तालिका

आइसीसी वल्ड टेष्ट च्याम्पियनसिपमा खेलेका ९ मध्ये यसअघि सबै ७ खेल जितेको भारत न्यूजिल्याण्डसंग भने दुवै खेल हारेको हो । 

भारत ३६० अंकसहित पहिलो स्थानमा छ । १०  खेलबाट २९६ अंकको अष्ट्रेलिया दोस्रो, ७ खेलबाट १८० अंकको न्यूजिल्याण्ड तेस्रो स्थानमा छ । ९ टिम सहभागी च्याम्पियनसिपमा वेष्ट इन्डिज र बंगलादेशले अंकको खाता समेत खोल्न सकेका छैनन् । 

भारतीय महिला क्रिकेटले अहिले लाज राखिरहेको छ । टी–२० विश्वकपमा समूहका ४ वटै खेल जितेर सेमिफाइनलमा पुगिसकेको छ । अहिलेसम्म महिला टिमले उपाधि भने जितेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ