arrow

इमरान खान सरकारलाई सबैभन्दा ठूलो झड्का, आधाबढी जनता निराश

logo
प्रकाशित २०७६ फागुन १९ सोमबार
imran-khan2.jpg

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानसंग पाकिस्तानी आधाभन्दा बढी जनता निराश भएको तथ्याङ्क सार्वजनिक भएको छ । 

एक अन्तर्राष्ट्रिय सर्वेका अनुसार इमरान खान दुनियाँभर घुमेर आफ्नो बारेमा चर्चा चलाएका भएपनि पाकिस्तानीहरु भने निराश भएका हुन् । 

भारतलाई अनावश्यक गाली गर्दासमेत उनीहरु त्यतिधेरै खुशी छैनन् । 

ग्यालेपको पाकिस्तानी युनिटले गरेको सर्वेक्षणका अनुसार ६६ प्रतिशत पाकिस्तानी जनता इमरान सरकारसंग खुशी छैनन् । 

उनीहरु इमरान सरकारको कामकार्वाहीबाट खुशी नभएका हुन् । यो सर्वे गएको फेब्रुअरीमा गरिएको हो । 

इमरानकै पार्टी पाकिस्तानी तहरिक–ए–इन्साफ (पीटीआई) का जनता ३२ प्रतिशत खुशी भए पनि बाँकी सन्तोष नभेटिएका हुन् । 

५९ प्रतिशत जनताले इमरान सरकरको प्रदर्शन यसअघिको सरकारभन्दा खराव भएको बताएका हुन् । २२ प्रतिशतले भने यो सरकारले पहिलेके भन्दा राम्रो भएको बताएका छन् । 

६२ प्रतिशतले देश सही दिशामा नगएको बताएका छन् । जबकि ३५ प्रतिशत सही दिशामा गएको देख्छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ