arrow

कालीगण्डकी प्रसारण लाइन निर्माणमा ढिलाइ

logo
प्रकाशित २०७६ फागुन १९ सोमबार
Nepal-Electricity-Authority.jpeg

 म्याग्दी र मुस्ताङमा जलविद्युत्को विकासको आधार मानिएको कालीगण्डकी करिडोर प्रसारण आयोजनाको निर्माणमा ढिलाइ भएको छ । यस क्षेत्रमा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न कालीगण्डकी प्रसारण करिडोरअन्तर्गतको २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइन निर्माण गर्न लागिएको हो ।

लक्ष्यभन्दा निकै ढिला भइसक्दासमेत आयोजनाको कामले पूर्णता पाउन नसकेपछि यस क्षेत्रमा निर्माण भएका र निर्माणाधीन जलविद्युत् आयोजनाहरु प्रसारण लाइनको पखाईमा बसेका छन् । सन् २०१८ नोभेम्बरमा नै सम्पन्न गर्ने लक्ष्य रहे पनि विभिन्न ठाउँमा भएको अवरोधले आयोजनामा टावर र सबस्टेशन निर्माणमा विभिन्न समयमा म्याद थपेर निर्माणलाई अघि बढाइएको छ ।

अहिलेसम्म यस आयोजनाको करिब ९० प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ । निर्धारित समयमा आयोजनाको काम सम्पन्न नभए पनि निर्माणलाई तीव्रता दिइएको आयोजना प्रमुख चन्दनकुमार घोषले जानकारी दिनुभयो । प्रसारण लाइनको टावर र तार तान्ने कामसँगै अन्नपूर्ण गाउँपालिका–३ दानामा सबस्टेशन निर्माण अन्तिम चरणमा पुगेको छ ।

दानामा सबस्टेशन निर्माण, टावर निर्माण र तार तान्ने काम अन्तिम चरणमा पुगेको आयोजनाका प्रमुख घोषले बताउनुभयो । एक महिनाभित्र दाना सबस्टेशनमा विद्युत् परीक्षणका लागि पूर्वाधार तयार हुने आयोजनाले जनाएको छ । यद्यपि एक महिनाभित्रै आयोजनाको काम सम्पन्न हुने अवस्था भने अझै देखिएको छैन । आयोजनाको नेतृत्वमाथि समुदायबाट आएका केही विवादलाई देखाएर आयोजनाको निर्माणमा ढिलासुस्ती गरी निर्माणलाई पछि धकेलेको आरोपसमेत लागेको छ ।

जलविद्युत् विकासको प्रमुख आधार मानिएको प्रसारण लाइन निर्माणका क्रममा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा समस्या समाधान भएर काम तीव्ररूपमा अघि बढेको छ । अहिले दुई टावरको मात्र निर्माण बाँकी रहेको आयोजनाका प्रमुख घोषले बताउनुभयो । दानादेखि खुर्कोटसम्मको ३९ किलोमिटर दूरीमा रहेका ११० टावरमध्ये दुई बाहेक अन्य निर्माण भइसकेको र तार तान्ने काम पनि अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ ।

पोखरेबगर र रातोपानीमा प्रसारण लाइनमा अवरोध सिर्जना भएपछि प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको अध्यक्षतामा बसेको आयोजना प्रभावित स्थानीयवासी, जनप्रतिनिधि, आयोजना, एशियाली विकास बैँक र परियोजना सुपरीवेक्षण परामर्शदाताका प्रतिनिधिहरुबीच बृहत् छलफलपछि समस्या समाधान भएर काम तीव्ररूपमा अघि बढेको हो ।

नेपाल विद्युत् प्राधिकरणले एशियाली विकास बैंकको सहयोगमा कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत सन् २०१६ को मेदेखि दाना–खुर्कोट प्रसारण लाइन र सबस्टेशन निर्माण शुरु गरिएको थियो । सबस्टेशन र प्रसारण लाइन बनाउन करिब रु दुई अर्ब ७५ करोडमा जेभी टाटा एण्ड चिन्ट इलेक्ट्रिक कम्पनीले ठेक्का सम्झौता गरेको थियो । प्राधिकरणले दाना–खुर्कोट प्रसारण लाइनलाई नवलपरासीको बर्दाघाटसम्म पु¥याउने गरी १४३ किलोमिटर लामो कालीगण्डकी कोरीडोर प्रसारण आयोजनालाई खण्ड÷खण्डमा निर्माण अघि बढाएको छ ।

कालीगण्डकी करिडोरको यस प्रसारण आयोजना निर्माणमा ढिलाई हुँदा प्राविधिक परीक्षण सफल भएको घलेम्दीखोला जलविद्युत्बाट उत्पादन हुने विद्युत्लाई केन्द्रीय प्रसारणमा जोड्न सकिएको छैन । त्यस्तै ४२ मेगावाटको मिस्त्रीखोलाको निर्माणसमेत अन्तिम चरणमा पुगेको छ ।

चौध मेगावाटको घारखोला, १०० मेगावाटको नीलगिरि र नीलगिरि क्यास्केट निर्माणाधीन अवस्थामा छन् । त्यस्तै रघुगङ्गा गाउँपालिकामा ४० मेगावाटको सुरुङ निर्माण भइरहेको छ भने अन्नपूर्ण गाउँपालिकामै १६४ मेगावाटको कालीगण्डकी गर्ज, ६२ मेगावाटको नीलगिरि र ३८ मेगावाटको निलगिरि क्यास्केट निर्माण शुरु भएको छ ।

दानामा सबस्टेशन निर्माण, टावर निर्माण र तार तान्ने काम अन्तिम चरणमा पुगेको आयोजनाका प्रमुख घोषले बताउनुभयो । एक महिनाभित्र दाना सबस्टेशनमा विद्युत् परीक्षणका लागि पूर्वाधार तयार हुने आयोजनाले जनाएको छ । यद्यपि एक महिनाभित्रै आयोजनाको काम सम्पन्न हुने अवस्था भने अझै देखिएको छैन । आयोजनाको नेतृत्वमाथि समुदायबाट आएका केही विवादलाई देखाएर आयोजनाको निर्माणमा ढिलासुस्ती गरी निर्माणलाई पछि धकेलेको आरोपसमेत लागेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ