arrow

कोरोनाको सावधानी अपनाउन डब्लुएचओ र सर्वोच्चको आदेश कुर्नुपर्ने ?

logo
आदर्श केसी,
प्रकाशित २०७६ फागुन १९ सोमबार
corona-virus-gown.jpg

विश्व स्वास्थ्य संगठनले ‘कोभिड–१९’ नाम दिएको कोरोना भाइरसको संक्रमणका कारण लाग्ने रोग अहिले मानव समुदायका लागि डरलाग्दो चुनौती बनिरहेको छ। विश्व आतंकित बनाउने कोरोनो भाइरस नेपाल प्रवेश नगरोस भनेर बार लगाउने भरपर्दो उपाय केही छैन ।

एउटै उपाय होला भगवान भरोषा । अथवा पशुपतिनाथ,गौतम बुद्ध र भगवानको शक्ति । यहाँको तयारी लाई हेर्दा यी दैवी शक्तिको भरपर्नु वाहेक अरु आशा छैन । विश्वका अन्य मुलुकमा उच्च सतर्कता अपनाउदा अपनाउदै अवस्था झन् झन जटिल बन्दै छ ।जहाँ सुविधा सम्पन्न प्रबिधि छ, त्यहाँ कोरोनोको प्रकोप झन बढि रहेको छ । विद्यालय बन्द छन। स्वेदश विदेश आवातजावतमा रोक छ । अवस्था दिनदिनै आतंकित बन्दै छ।

कोरिया,जापान तथा युरोपेली मुलुकमा दिन दुई गुणा रात चौ गुणा बढि रहेको छ ।कोरिया,जापान ,युरोप लगाएतका देशमा चिन बाट उद्वार गरिएका १७५ भन्दा सयौं गुणा बढि नेपाली बसोबास गर्छन् । तर चिन बाट नेपाल ल्याइएका १७५ जनालाई कोरोनो संक्रमण नभएको प्रारम्भिक रिपोर्टका आधारमा पर्यटन मन्त्री योगेश भट्टराईले केही हप्ता अगाडि हचुवा तालमा नेपाल कोरोनो मुक्त भन्ने सन्देश फैलाए ।

 उनको सन्देश जस्तै सुस्त देखियो रोकथाम तयारी पनि ।कोरोनोको उच्च जोखिमको सामना गरिरहेको विश्व सामु भट्टराईले  कोरोनो मुक्त देश नेपाल , पर्यटन बर्ष २०२० मनाउन तुरुन्तै विदेशी नेपाल आउ भन्ने सन्देश जारि गर्न दिएको निर्देशन निकै आलोचित बन्यो ।समयमै सतर्कता अपनाउन छाडेर यस्तै लहलहैमा फस्यो नेपाल सरकार ,स्वास्थ मन्त्रालय तथा सरोकारवाला निकाय पनि । कोरोनो रोकथाममा सरकार गम्भीर नभएको भन्दै अधिवक्ता पूर्ण राजवंशिले सरकारलाई सर्वोच्च अदालतमा  रिट समेत दर्ता गर्नु परो ।

यस्तो लापरबाही गरेर ३ करोड हाराहारी नेपालीको स्वास्थ्यलाई  जोखिम र त्रासपुर्ण बनाइरहेको छ ।यसको सम्पुर्ण जवाफदेहीता राज्यमा छ । विमानस्थलमा विना चेकजाँच चाइनिज हरु सयौं सख्यामा नेपाल आइरहे ।यसले नागरिकमा झन बढि आतंक फैलियो ।

शुक्रबारको एउटा समाचारले असाध्यै दुखि बनायो । विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)ले नेपाललाई कोरोना भाइरस (कोभिड- १९)को अति उच्च जोखिम भएको मुलुकको सूचीमा राखेछ । यो समाचार साच्चिकै नेपालको विमानस्थलमा स्वास्थ चेकजाँच प्रतिको गम्भीर लापरबाही कै कारणले आएको हुनुपर्छ । यहि समाचारको आधारमा हुनुपर्छ आइतबारदेखि कोरोनो रोकथामका बिषयमा सरकारि स्तरबाट केही काम सुरु भएको हल्लाहरु आएका छन ।

पर्यटन वर्ष स्थगित ,विमानस्थलमा चेकजाँच कडा,केही देशको अराइभल भिषामा रोक, यस्ता सन्देश आइतबार बाट सुरु भएका हुन ।मलाई लाग्छ यि काम पनि डब्लुएचओले नेपाल उच्च जोखिममा भनेपछि मात्रै सुरु गरिएका हुन ।नेपालको कस्तो विडम्बनापूर्ण अवस्था सामान्य सावधानी अपनाउन पनि अरुले भनिदिनु पर्ने ,अदालतले आदेश दिनुपर्ने ?यति काम सरकारले अगाडि गर्न नसक्ने अवस्था थियो र ? यस्ता ढिलासुस्तीले हाम्रो देशको तयारी स्वास्थ अवस्था कस्तो भन्ने पनि छर्लङ्ग पारेको छ ।आगामि दिनमा यस्तो विपतमा बेलैमा सतर्कता अपनाओस ।सतर्कता अपनाउ भनेर डब्लुएचओ र सर्वोच्च अदालतले आदेश गर्नु नपरोस ।सरकार सबैभन्दा पहिला नागरिकको स्वास्थ्य सुरक्षामा गम्भीर बनोस ।

 प्रभावित देशबाट नेपाल भित्रनेहरुको स्वास्थ्य परीक्षण गर्नहोस, प्रभावित देशसँगको उडान रद्द गरियोस, चीनसँगको स्थलमार्गमा हेल्प डेस्कहरु राखियो, विपद व्यवस्थापन ऐनअनुसार विपदको मूल्यांकन र विश्लेषण गरी आवश्यक पूर्व तयारी गरियोस ।नेपालका स्वास्थ संस्थाहरु र चिकित्सकहरुको क्षमताको विकास गरियोस । नेपालको स्वास्थ पर्यटनको विकासमा ध्यान जाओस ।
(लेखक नेपाल पत्रकार महासघंका केन्द्रीय पार्षद हुन )



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ