- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सोमबारको संसद् बैठक पुन: स्थगन गरेका छन् । नेपालको संविधानको धारा, ९४ बमोजिम सदनमा गणपूरक ६९ सांसद पुग्नुपर्नेमाा ६५ को मात्र उपस्थिति रहेकाले उनले सदन स्थगन गरेका हुन् ।
प्रतिनिधिसभा बैठकमा पार्वताडिसी चौधरीले गणपूरक सङ्ख्या नपुगेको भन्दै जनाउ दिएपछि सांसदको सङ्ख्या यकिन गर्दा गणपूरक सङ्ख्या पुगेन।
आइतबारको प्रतिनिधिसभा बैठक पनि सङ्ख्या नपुगेपछि स्थगित भएको थियो । तीन मिनेट घण्टी बजाई गणपूरक सङ्ख्या एकिन गर्दा ५४ मात्रै उपस्थित थिए ।
प्रतिनिधिसभाको अर्को बैठक यही फागुन २१ गते अपराह्न १ बजे बस्ने छ ।