arrow

बाल खेलाडी आर्हान्टको सम्झनामा फुटबल

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७६ फागुन १९ सोमबार
ARHANT_IMAGES.jpg

स्याङ्जा । कलिलै उमेरमा फुटवल खेलमा रुची राखेका स्याङ्जा वालिङका आर्हान्ट थापाको स्मृतिमा फुटवल प्रतियोगिता आयोजना गरिने भएको छ । फागुन २२ गतेदेखि वालिङमा दोस्रो आर्हान्ट स्मृती कपको आयोजना गरिने भएको हो । वालिङ युवा क्लबको आयोजनामा आर्हान्ट स्मृती कप शुरु हुने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।

वालिङ—८ , खेलमैदानमा हुने स्मृती कपमा जिल्ला स्थित १२ बिद्यालयको सहभागीता हुने वालिङ युवा क्लबका सचिब भिम प्रसाद पंगेनीले बताए । विद्यार्थीको प्रतिभाको खोजी पनि हुने र खेलाडी पनि उत्पादन हुने यो प्रतियोगिताले स्याङ्जालाई चिनाउन मद्त पुग्ने पंगेनीले बताए । १२ बर्षमुनिका बिद्यार्थीहरुलाई लक्षित गर्दै सेभेन ए—साईड प्रतियोगिता फिफाको नियम अनुसार खेलाईने आयोजकको भनाई छ ।

वालिङ ८ का स्वर्गिय आर्हान्ट सन् २००५ मे २१ मा बेलायतको रेडिङ शहरमा जन्मिएका थिए । बाल्यकाल देखीनै फुटबल खेलमा रुची भएका आर्हान्टको ब्रेन एन्टेरियोभेनस माल फर्मेशनको कारण ११ बर्षको उमेरमा निधन भएको थियो । उनकै सम्झनामा सोही उमेरका बिद्यार्थीहरुलाई यस खेलको प्रतियोगितामा सहभागी गराईने  खेल संयोजक राजन थापाले बताए ।

 पहिलो, दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने टिमले क्रमश पन्ध्र हजार , दश हजार , पाँच हजार , नगद शिल्ड र प्रमाण पत्र प्राप्त गर्नेछन् । रनिङ् सिल्ड प्रतियोगिता अनुसार गतबर्ष बालविद्या विकास माविले हासिल गरेको थियो ।

खेल प्रतियोगिता फागुन २४ गते समापन हुने छ । खेलको सबै आर्थिक खर्च स्वर्गिय आर्हान्टका पिता तथा यस कपका संरक्षक कुमार थापाले गर्नेछन् । मेरो छोराको सपना फुटबल खेलेर नेपालको नाम बिश्व सामु परिचित गराउने थियो उनका बुवा कुमार थापाले भने, “आज सबै खेलाडीलाई आर्हान्ट सम्झदै धेरै आर्हान्ट उत्पादन गर्ने मेरो धोको छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ