arrow

एनआईसी एशिया बैंकमा मुद्दती खाता खोल्दा बढी फाइदा

logo
प्रकाशित २०७६ फागुन १९ सोमबार
nicasia-fixed-account.jpg

काठमाडौं। एनआईसी एशिया बैंककले मुद्दती खातामा उच्च ब्याजदर सँगै २१ लाख रूपैयाँसम्मको बीमा सुविधा पनि दिदै आएको जानकारी दिएको छ। सर्वाधिक उच्च ब्याजदर पाइने न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खाता खोलेकै आधारमा बीमा सुविधा पनि थप गरेको बताएको छ। यसअघि विभिन्न सुविधाहरु दिदै आएका व्याक्तिगत मुद्दती खाताका ग्राहकहरूको लागि तीन विभिन्न अतुलनीय बीमा सुविधा दिएको हो। जसले परम्परागत रुपमा रहेको मुद्दती निक्षेप खाताको परिभाषा नै फेरिएको कम्पनीको दावी छ।

बैंकले ग्राहकहरुको सुविधाको लागि न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खाता मार्फत आई पर्न सक्ने अकल्पनीय जोखिमको भरपाई गर्न २१ लाख रुपैयाँ सम्मको चमत्कारिक बीमा सुविधा उपलब्ध गराएको हो । बैंकले खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा १० लाख रूपैयाँसम्मको बीमा सुविधा दिएको छ। साथै ग्राहकले १८ घातक रोगहरुको लागि १० लाख रूपैयाँसम्म र १ लाख रूपैयाँसम्मको औषधी उपचार बीमा सुविधा पाउन बताइएको छ।

ग्राहकले बहिरंग (इएम्) उपचार गर्नु परेमा २० हजार रुपैयाँ सम्मको सुविधा लिन सकिनेछ । यो २० हजारले डाक्टरको शुल्क, ल्याब टेष्ट, औषधी लगायतका काममा खर्च गर्न सक्ने बताइएको छ। सिकिस्त विरामी भइ अस्पतालमै भर्ना हुनुपर्ने अवस्था आएमा बैंकले ८० हजार रुपैयाँ सम्म बीमा बाटै खर्च गर्न सकिने बताएको छ।

बैंकले ल्याएको विभिन्न निक्षेप योजनामा हालसम्म १ सय २ जना ग्राहकले यो सुविधाबाट रु ६० लाख भन्दा बढीको बीमा रकम प्राप्त गरि सकेको समेत बतइएको छ । एनआईसी एशिया बैंकमा मुद्दती खाता खोले कै भरमा पाइने यस्तो सुविधा देशकै सर्वोत्कृष्ट मुद्दती योजना रहेकोले ग्राहकहरुलाई फाइदै फाइदा पुग्ने बैंकले विश्वास लिएको बताएको छ।

२१ लाखसम्मको बीमा सर्वसाधारण आफैले गर्नु परेमा करिब १४ हजार रुपैयाँ बीमा शुल्क तिर्नुपर्ने हुन्छ । तर यस न्यू सुपर चमत्कारिक योजना अन्तर्गत बैंक स्वयंले उक्त बीमा सुविधा बापत लाग्ने बीमा शुल्क (प्रिमियम) तिर्ने गरी सम्झौता एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडसग गरेको बैंकले जनाएको छ । न्यूनतम १ लाख वा सो भन्दा बढीको मुद्दती निक्षेप खातामा भने १२ लाख ५० हजार रूपैयाँसम्म बीमा सुविधा प्राप्त सक्ने बैंकले जनाएको छ।

१ लाख वा सो भन्दा बढी जम्मा गरेमा रु १२ लाख ५० हजार बीमा सुविधा रहेको छ भने ब्याजदर ९.७५% रहेको छ । साथै १० लाख वा सो भन्दा बढी निक्षेप जम्मा गरेमा २१ लाख बीमा सुविधा ९.७५% ब्याजदर पाउने कम्पनीले जनाएको छ। रू २५ लाख वा सो भन्दा बढीमा समेत सोही सुबिधा पाउने कम्पनीले जनाएको छ।

एनआइसी एशिया बैंको नयाँ शाखारहित बैंकिङ सेवा प्युठानको लामाचौरमा
काठमाडौ । एनआईसी एशिया बैंकको नयाँ शाखारहित बैंकिङ्ग सेवा प्युठानको लामाचौरमा सुरु गरेको प्रेस बिज्ञप्ति मार्फत जानकारी दिइएको छ। बैंकले ग्रामीण तथा दुर्गम क्षेत्रहरूमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सवलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्ने क्रममा प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं.९, लामाचौरमा आफनो ५५ औं शाखारहित बैंकिङ्ग सेवा फागुन १८ गतेबाट संचालनमा ल्याएको बताएको छ।

बैंकिङ्ग सेवाको समुद्घाटन सोही वडाका अध्यक्ष श्री नर बहादुर बुढामगरले गरेका थिए । उक्त शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा बैंकले श्री गोपाल कृष्ण बुढामगरलाई नियुक्ति गरेको जनाएको छ।

ग्रामीण क्षेत्रका स्थानीयवासीहरूले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि लामो दूरीसम्म हिड्नुपर्ने वाध्यताको अन्त्य भई ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबार गर्न सहज हुने विश्वास बैंकले लिएको छ।

यस्तो सेवाबाट स्थानीयवासीहरूले निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा जस्तै टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम आदिको महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिने बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ